३ जेष्ठ २०८१, बिहीबार

 

एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङको जिल्ला प्रशिक्षण सम्पन्न

बागलुङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको तेस्रो जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इञ्चार्ज झपिन्द्रबहादुर क्षेत्रीले शिक्षकहरु पेशागत दक्षताका साथै वैचारीक रुपले सचेत बन्नु पर्ने बाउनु भयो ।
उहाँले तत्काल शिक्षकमेत्री शिक्षा ऐन जारी हुनु पर्नेमा जोड दिनु भएको थियो । उहाँले बहुउद्देश्यीय शिक्षक भवन निर्माणको अवस्था ,शिक्षक आन्दोलनबाट प्राप्त उपलब्धि र बन्दै गरेको शिक्षा विधेयक लगायतका कुराहरुमा प्रशिक्षणमूलक भनाइ राख्नु भएको भएको थियो।
कार्यक्रममा जिल्ला भित्रका १० वटै पालिका समितिका अध्यक्ष तथा  तथा प्रतिनिधिहरुले  सांगठनिक अवस्था, गतिविधि तथा शैक्षिक विषयमा रिपोर्टिङ गर्नु भएको थियो ।
बागलुङ नगरसमितिबाट अध्यक्ष सुरेन्द्र चापाइ, जैमिनी नगरसमितिबाट अध्यक्ष प्रेम प्रसाद शर्मा, ताराखोला गाउँ समितिबाट अध्यक्ष नरबहादुर घर्ती, काठेखोला गाउँसमितिबाट कुमार पुन, निसिखोला गाउँ समितबाट पञ्चवीर घर्ती, गलकोट नगर समितिबाट अध्यक्ष हेम बहादुर बुढाथोकी  लगायतले पालिका स्तरीय प्रतिवेदन  प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा जिल्ला कोषाध्यक्ष  प्रेम छन्त्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
तेस्रो जिल्ला बैठकले २०८० को सदस्यता नविकरण माघ मसान्तसम्म गरि सक्ने, बहुउद्देश्यीय शिक्षक भवन निर्माणका लागि जिल्लाका विभिन्न जिम्मेवारिमा रहेर सहयोग गर्ने सहयोगदातालाइ आभार प्रकट गर्दै जिल्लागत सहयोग विवरण समितिबाट प्रमाणित गरि प्रदेश कार्यालयमा बुझाउने, १० वटै स्थानीय तहमा जिल्ला पदाधिकारीको समन्वयमा पालिकामा जिम्मेवारी बाँडफाँड गरि भेला प्रशिक्षण सम्पन्न गर्ने, कोषाध्यक्षबाट पेश भएको आम्दानी खर्चको विवरणलाइ अनुमोदन गर्ने, बागलुङ जिल्लामा स्थापित शिक्षक कल्याणकारी कोषको परिचालनका लागि समन्वय गर्ने  लगायतका निर्णय गरेको सचिव प्रकाश रोकाले जानकारी दिनु भएको छ ।
बैठकले संगठनका सदस्य युवा वर्ष आधारभुत विद्यालय ताराखोलाका शिक्षक  लक्ष्मी कुमारी शेरचनको असामयिक निधन, संगठनका निवर्तमान जिल्ला उपाध्यक्ष सूर्य महतकी ममतामयी माता जयश्वरी महत, गण्डकी प्रदेश सदस्य सालिक शर्माका वुवा छविलाल शर्माको असामयिक  निधन प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रस्ताव पारित गरेको थियो।
बैठकमा अध्यक्ष वीर बहादुर चोखालले लिखित प्रस्ताव प्रस्तुत तथा गण्डकी प्रदेश समितिको परिपत्र वाचन गर्नु भएको थियो । उक्त अवसरमा महिला विभागको अनलाइन बैठकबाट गठन गरेको निर्णयलाई अनुमोदन गर्दै जिल्ला सचिवालय सदस्य जमुना थापा बुढाथोकीको अध्यक्षतामा १७ सदस्यीय महिला विभाग घोषणा गरेको छ ।
जसको उपाध्यक्षमा कला शर्मा, सचिव सिर्जना घर्ती, कोषाध्यक्ष सुनकली रोका घर्ती, सहसचिव लक्ष्मी थापा सदस्यहरुमा देवी रसायली, तारामाया विक, विनिशा सिर्पाली, मन कुमारी अदै, अमृता रेग्मी, मिना बुढा , खीमा थापा अधिकारी, लालीमाया क्षत्री, चेत कुमारी शर्मा, विष्णु शर्मा, प्रेमकली खत्री र सरिता लामिछाने रहनु भएको छ ।
जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष वीर बहादुर चोखालको अध्यक्षता, उपाध्यक्ष हरिराम रेग्मीको स्वागत   सचिव प्रकाश रोका मगरको सञ्चालन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्