३ जेष्ठ २०८१, बिहीबार

 

एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा शिक्षक महतकी आमाप्रति श्रद्धाञ्जली

बागलुङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुृङ नगर समितिका सल्लाहकार तथा गण्डकी प्रदेशका निर्वतमान सदस्य शिक्षक सूर्य महतको ममतामयी ममतामयी आमा जयश्वरी महतको असामयिक निधन प्रति नगर समितिले श्रद्धाञ्जली अर्पण गर्नुको साथै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुृङ नगर समितिका अध्यक्ष सुरेन्द्र चपाईं, सचिव शालिकराम शर्मा र कोषाध्यक्ष लोकमाया थापा जलजला गाँउपालिका-८ पर्वत, नाग्लिबाङ, खनियाघाट महतको निवासीमा पुगेर शोक व्यक्त गरेका हुन् ।

शनिबार बागलुङ बजारमा भएको एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको बैठकले पनि शिक्षक सूर्य महतकी ममतामयी माता जयश्वरी महत, युवा वर्ष आधारभुत विद्यालय ताराखोलाका शिक्षक  लक्ष्मी कुमारी शेरचनको,  गण्डकी प्रदेश सदस्य सालिक शर्माका वुवा छविलाल शर्माको असामयिक निधन प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रस्ताव पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्