४ जेष्ठ २०८१, शुक्रबार

 

नारायणी माविले मनायो ६३ औं वार्षिकोत्सव

बागलुङ । नारायणी माध्यमिक विद्यालय काठखोला—४ तंग्रामको ६३ औं वार्षिकोत्सव कार्यक्रम शुक्रबार मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले गुणस्तरीय शिक्षाका लागि चार पक्षले विशेष ध्यान दिनु्पर्ने बताए ।

शिक्षामा गुणस्तर ल्याउनका लागि शिक्षक अभिभावक र विद्यार्थीसँगै त्यसको नियमन निकायले विशेष ध्यान दिनुपर्ने बताए । ‘शिक्षा भनेको एउटा बृहत विषय हो, यसमा राम्रो नतिजा हाँसिल गर्नका लागि विद्यार्थी, शिक्षकसँगै अभिभावको पनि मुख्य भूमिका रहन्छ,’ उनले भने–‘त्यससँगैै त्यसको नियमनकारी निकायले पनि विशेष ध्यान दिनुपर्छ । हामीले विद्यालय शिक्षालाई गुणस्तरीय र परिणाममुखि बनाउनका लागि गाउँपालिकाबाट विभिन्न प्रयासहरु गरेका छौँं ।’

नेपालको सार्वजनिक शिक्षामा सरकारले ठूलो लगानी गरे पनि त्यस अनुसारको प्रतिफल नआएको उनको भनाई थियो ।

‘शिक्षामा जति लगानी हुनुपर्ने थियो, त्यति त हुन सकेको छैन’ उनले भने–‘तै पनि अहिले राज्यको ठूलो लगानी भएको सार्वजनिक शिक्षाले खासै राम्रो उपलब्धी दिन सकेका छैन । यस विषयलाई हामी सबैले गम्भीरता पूर्वक लिएर अगाडि बढ्नुपर्छ ।’

शिक्षा क्षेत्रलाई उत्पादन र रोजगारसँग जोडे मात्रै शिक्षाले उपलब्धी दिने उनको भनाई थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख खड्क थापाले विद्यालय शिक्षामा गुणस्तर बढाउन गाउँपालिकाले नियमित अनुगमन गरिरहेको बताए ।

‘हामीले विद्यालयमा नियमित अनुगमन र मनिटरिङ गरिरहेका छौँ’ उनले भने–‘यस आर्थिक वर्षमा पनि हामीले एक चरणको अनुगमन त गरिसक्यौं । फेरि पनि गछौं।’

उनले सरोकार निकाय सबै एकताबद्ध हुन सकेमा शिक्षा क्षेत्रमा परिवर्तन सम्भव रहेको समेत उल्लेख गरे । कार्यक्रममा काठेखोला—४ तंग्रामका वडाध्यक्ष लक्ष्मण पुन, नेपाली कांग्रेस तंग्रामका सभापति चन्द्रबहादुर आले विष्णु, नेकपा एमाले सचिव बलबहादुर पुन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विष्णु कँडेल, विद्यालयका सल्लाहकार यामदत्त कँडेल, मनबहादुर थापा मनिष, पूर्व विव्यस अध्यक्ष प्रेम थापा, धारा माविका प्रधानाध्यापक कमला थापा, पूर्वविद्यार्थी पूर्णकला थापा, अभिभावक देवी थापा पुन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशरबहादुर थापा केशवले विद्यालयको भौतिक पूर्वाधारसँगै सिकाईलाई व्यवस्थित बनाउन प्रयास थालेको बताए ।

‘हामीले भौतिक पूर्वाधारको व्यवस्थापनसँगै सिकाई क्रियाकलापलाई विशेष जोडका साथ लागेका छौँ’ उनले भने–‘शिक्षकलाई उत्प्रेरणा दिने र शिक्षण सिकाईमा विविधता र अतिरिक्त क्रियाकलापलाई पनि ध्यान दिएका छौँ ।’

विद्यालयमा इ—लाईब्रेरी र विज्ञापन ल्याबको पनि व्यवस्थापन गरिएको जानकारी दिए । थापाले आगामी दिनमा जग्गा व्यवस्थापन सहित विद्यालयको गुरुयोजना तयार गर्ने, आर्थिक संकलनका लागि धान्याचल लगाउने, विद्यालय परिसरमा क्यान्टिनको व्यवस्थापन गर्ने, लोकसेवा पास गर्ने पूर्वा विद्यार्थी सम्मान गर्ने लगायतका कार्यक्रम गर्ने जानकारी दिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर थापाले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशरबहादुर थापा केशवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विद्यालयकी शिक्षक बिनुमाया तामाङ र सञ्चालन शिक्षक दिलबहादुर परियारले गरेका थिए ।

कार्यक्रममा ५७ जना पूर्वविद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । नारायणी माविले व्यवस्थापन र शिक्षा शास्त्र संकायमा कक्षा १२ सम्म पठन पाठन गराउने गरेको छ । कार्यक्रममा विद्यालयका विद्यार्थी र राष्ट्रिय कलाकार निरा थापा र नृत्यकार गुणा थापाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

नारायणी माध्यमिक विद्यालय काठेखोला—४ तंग्रामको नवनिर्मित भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

नारायणी माविमा अध्ययन गरेका २०६३ साल एसएलसी व्याचका विद्यार्थीको निर्माण गरिएको उ्रक्त गेटको काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै अध्यक्ष थापाले सबैको हातेमालोले मात्रै शैक्षिक विकास सम्भव भएको बताए ।

शिक्षाको विकासका लागि एउटा पक्षले मात्रै लागेर हुँदैन, सबै क्षेत्रबाट हातेमालो गर्न सकियो भने यसको छिटो विकास गर्न सकिन्छ,’ उनले भने–‘यसरी नै हातेमालो गर्ने हो भने गुणस्तरीय शिक्षा आर्जनका लागि पनि विद्यार्थीलाई सहज हुन्छ । जसरी पूर्व विद्यार्थीहरु मिलेर विद्यालयको गेट निर्माण गरिदिनुभएको छ । त्यसरी नै अन्य क्षेत्रमा हातेमालो गर्नुपर्ने आवश्यकता छ ।’

आफूहरुले अध्ययन गर्दा विद्यालयको भौतिक अवस्था नै कमजोर रहेको र अहिले भौतिक अवस्था सुधार हुँदै गएको पूर्व विद्यार्थी प्रवेशद्वार निर्माण समितिका संयोजक विष्णु आलेले बताए ।

‘अहिले विद्यालयको भौतिक अवस्थामा धेरै परिवर्तन आएको छ, अब गुणस्तर शिक्षामा ध्यान दिनुपर्ने भएको छ’ उनले भन–‘त्यो हामीले पढ्दा पढ्दै पशु चौपाया विद्यालय भित्रै आउने अवस्था थियो ।

अहिले हामीले नै मिलेर गेट निर्माण गरेका छौं । यसले विद्यार्थीमा अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास गरेका छौं ।’ गेटले विद्यालयको सुरक्षा र शिक्षक विद्यार्थीमा अनुसासन कायमका लागि पनि योगदान गर्ने आफुहरुको अपेक्षा रहेको उनले बताए । उक्त गेट निर्माणका लागि नाराणी माविमा अध्ययन गरी २०६५ सालमा एसएलसी दिएका ३२ जना पूर्वविद्यार्थीले कुल चार लाख २३ हजार १० रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

विद्यालय गेटका लागि विष्णु आलेमगर, पूर्णकली रोका थापामगर, मोतिप्रसाद पुनमगर, फिरोज थापामगर, शयाम थापामगर, प्रकाश पुनमगर, दुर्गबहादुर पुनमगर, राजु थापा मगर, कुलराज कँडेल, टिकाबहादुर पुन मगर, भिमबहादुर पुन मगर, रुद्रबहादुर पुन मगर, देवी थापा पुनमगर, रजी थापा मगरले सहयोग गरेका छन् ।

गेट निर्माणमा गौमाया पुनमगर, प्रेमकुमारी पुनमगर, निर्मला थापामगर, भूमिश्वर कँडेल, जीवन छन्त्याल मगर, तुलसी थापामगर, मनबहादुर पुनमगर, पदम पुनमगर, धनबहादुर थापामगर, शान्ता नेपाली, तुलसी पुनमगर, टिकाकुमारी पुनमगर, कुमारी पुनमगर, रुद्रबहादुर पुनमगर, नरबहादुर बोहोरा, बुद्धिबहादुर पुन मगर, कल्पना थापामगर, खरीमाया थापामगरले आर्थिक सहयोग गरेको संयोजक आलेले बताए ।

गेट निर्माणमा जस्तै अन्य गतिविधिमा पनि पूर्वविद्यार्थीहरुले सहयोग गर्ने अपेक्षा राखिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशरबहादुर थापा केशवले बताए ।

इपरिन्युजबाट

प्रतिक्रिया दिनुहोस्