६ कार्तिक २०८३, बिहीबार

 

इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार जेल चलान

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति कोषाध्यक्ष लक्ष्मी सेन सुनार पुर्पक्षको लागि जेल चलान भएकी छन् ।

जिल्ला अदालत बागलुङले सोमबार कोषाध्यक्ष सुनारलाई पुर्पक्षको लागि जेल चलान आदेश दिएको थियो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० ले निसीखोला गाउँपालिका–१ घर रहेकी २७ वर्षीया सुनारलाई माघ ११ गते ललितपुर महानगरपालिका – ३, धोबीघाटबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध जिल्ला अदालत बागलुङबाट गत असार १० गते पक्राउ पुर्जी जारी भएको थियो ।सहकारीले १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै १ हजार ४ सय ८१ जना बचतकर्ताले सहकारीका कर्मचारी र सञ्चालकसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका थिए ।

गत वैशाख ७ देखि इमेज सहकारी संस्था बन्द छ । सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले गण्डकी प्रदेशको राजधानी पोखरासँगै बागलुङ, बुर्तिबाङ, गलकोटमा गरी १ अर्ब ५४ करोड रूपैयाँ बढी रकम बचतकर्ताबाट उठाएर हिनामिना गरि सपरिवार गत जेठ ५ गते बुर्तिबाङ बजारबाट फरार भएका थिए ।नेपाली विरुद्ध रेड कर्नर नोटिस पनि जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung