२४ बैशाख २०८१, सोमबार

 

जिल्ला बचत तथा ऋण सहकारीको अध्यक्षमा पुन: चण्डी प्रसाद शर्मा

बागलुङ । जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन:चण्डी प्रसाद शर्मा सर्वसम्मत चयन हुनु भएको छ ।

बागलुङ बजारमा सम्पन्न संस्थाको १२ औं साधारणसभाले शर्माको नेतृत्वमा १३ सदस्यीय संचालक समिति गठन भएको हो । समितिको उपाध्यक्षमा गणेश बहादुर खत्री, सचिवमा अर्जुन प्रसाद कँडेल, कोषाध्यक्षमा लिला देवी खड्का र सहसचिवमा उत्तमबहादुर महत रहेका छन् ।

समितिको सदस्यहरुमा चिनी थापा काला, लक्ष्मी शर्मा, सरिता किसान, थमप्रसाद शर्मा, होमनाथ अर्याल, तेजबहादुर कुँवर, हरिबहादुर भण्डारी र मुकुन्द प्रसाद शर्मा रहेका छन् । साधारणसभाले ऋषिराम गौतमको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा शिव प्रसाद आचार्य र चन्द्र विश्वकर्मा रहेका छन् । साथै संस्थाको सल्लाहकारमा ध्रुव प्रसाद शर्मालाई चयन गरेको छ ।

जिल्ला बचत तथा ऋण सहकारीमा जिल्लाका ७६ वटा सहकारीहरु आवद्ध छन् । संस्थाको सेयर पुँजी ३४ लाख ५ हजार, बचत ९ करोड ६० लाख, लगानी १ करोड ५४ लाख, कोषमा १० लाख ३२ हजार र कुल सम्पत्ती १० करोड २६ लाख रहेको छ । संस्थाले दुई जना युवालाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्