१५ बैशाख २०८१, शनिबार

 

तित्याङमा ओखरका बिरुवा रोपियो

बागलुङ । बागलुङ नगरपालिकाको आयोजना तथा लुम्बिनी वल्र्ड पिस फोरमको सहकार्यमा आज बागलुङ नगरपालिका – ९ तित्याङमा बाट ओखरका बिरुवाहरु रोपिएको छ ।

उन्नत जातका ओखरका पन्ध्र सय बिरुवा रोपिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो । यो अभियान प्रत्येक वडामा क्रमश लागु हुने नगरपालिकाले जनाएको छ ।

प्रत्येक वडाको भूगोल र हावापानी सुहाउँदो फलफुलका बिरुवा रोप्ने कार्यक्रम रहेको छ । नगरले पहिलो चरणमा ओखर र किवि खेतीलाई प्राथमिकता दिएको छ । यसको राम्रो आयआर्जनको सम्भावना भएकोले र किसानको आर्थिक जिवन सुधार गर्ने लक्ष्यसहित अभियान सुरु गरिएको नगर कृषि शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्