८ जेष्ठ २०८१, मंगलवार

 

विद्यामन्दिर माविको वार्षिकोत्सवको उपलक्ष्यमा प्रतियोगितात्मक विज्ञान प्रदर्शनी हुने

बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयको ८३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा अन्तर विद्यालय प्रतियोगितात्मक विज्ञान प्रदर्शनी हुने भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार, मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई १० हजार मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई ८ हजार, मेडेल र प्रमाणपत्रको रहेको विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले नयाँ विश्वलाई बताउनु भयो ।

प्रदर्शनी फागुण २ गते हुने भएको छ । समाजसेवी तथा पूर्वविद्यार्थी सिद्धार्थ मिलन श्रेष्ठले यस प्रतियोगिताको लागि ३० हजारको प्रायोजना गर्नु भएको छ । यसै गरि फागुण १ अन्तर विद्यालय नृत्य प्रतियोगिता पनि हुने भएको छ ।

नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई ५ हजार, मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई ४ हजार, मेडल र प्रमाणपत्र रहेको छ । वार्षिकोत्सको उपलक्ष्यमा भलिबल, चेस, हस्त लेखन, म्यूजिकल चियर, चित्रकला, स्पेलिङ कनटेष्ट, सुपर मेमोरी, हाजिरी जवाफ, वतृत्व कला प्रतियोगिता आयोजना गरिएको छ ।

भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले जानकारी दिनु भयो । वार्षिकोत्सवको लागि विभिन्न २२ वटा उपसमिति पनि गठन गरिएको छ । विसं १९९७ सालमा ओमप्रसाद गौचन, मेघ कुमार वैध र उनका समकालिन साथीहरुले स्थापना गरेको यस विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म १३ सय ८० जना विद्यार्थी अध्यापन गर्छन् ।

धौलागिरिको शैक्षिक धरोहर

विसं १९९७ सालमा ओमप्रसाद गौचन, मेघ कुमार वैध र उनका समकालिन साथीहरुले स्थापना गरेको विद्यालयमा पहिले पुस्तकालय, संगीत कक्षा, घरेलु इलम सिकाउने सीप कक्षा र गृह विज्ञानको पनि व्यवस्था थियो ।चेतना र जागरणको इतिहास बोकेको यस विद्यालयले यस क्षेत्रको शैक्षिक र बौद्धिक जागरणमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

राणा प्रधानमन्त्री देव शमशेरको छोटो कार्यकालमा बागलुङसहित देशभर ३ सय वटा भाषा पाठशाला खुलेका थिए ।ती पाठशालामा पठाइने पाठ्य पुस्तक लेख्ने जिम्मा बझाङी राजा जयपृथ्वी बहादुर सिंहलाई सुम्पे।

बागलुङ बजारमा पहिलो पटक तत्कालीन युवाहरूले बागलुङ नगरपालिका वडा नं ३ जिल्ला प्रशासन कार्यालय बागलुङको अगाडिको रेडक्रस सोसाइटीको भवन भएको ठाउँमा पाठशालामा खरीले पाटीमा लेखेर अक्षरारम्भ गरे ।

ढुंगाको छाना भएको भाषा पाठशालाको भवनमा बानपा ३ रात्माटाका जगन्नाथ उपाध्याय र चन्द्रा दत्त उपाध्यायले संस्कृत र नेपाली विषयको अध्यापन गराउनु हुथ्यो ।विद्यार्थीहरुले घरघरबाट गुद्री लिएर पढ्न जाने चलन थियो ।

ठुलो खरीको ढुंगा ल्याएर काटेर विद्यार्थीहरुलाई दिने गरिथ्यो । पछि मात्र बाँसले मोसीमा चोपेर नेपाली कागजमा लेख्ने चलन बस्यो ।त्यहि भाषा पाठशालाका विद्यार्थीहरुले घरेलु उघोग विघामन्दिर विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालय मा थप अध्ययनलाई अगाडि बढाएको थियो ।

विस १९९७ सालमा विघालयका संस्थापक ओम प्रसाद गौचनले प्युठानबाट कुल प्रसाद कौ नाम गरेका मास्टरलाई ल्याएपछि विघार्थीहरूले पहिलो पटक अग्रजी भाषाको वर्णमालाका अक्षरहरू पढ्न पाए ।कौ मास्टरले नेपाली, हिन्दी, उर्दू, र अग्रजी भाषा पढाउनु हुन्थ्यो ।

कौ मास्टरलाई ल्याउन अर्का संस्थापक मेघ कुमार वैघको विशेष भूमिका थियो ।पाठशालाकै हातामा १९९९ सालमा रातिराति लालटिनको उज्यालोमा वाचनालय पनि संचालनमा आएको थियो । १९९७ सालमा ओम प्रसाद गौचन र मेघकुमार वैधको नेतृत्वमा राधाकृष्ण मन्दिरको पाटीमा घरेलु उघोग विघामन्दिर पाठशालाको भवन तयारी गरी व्यवस्थिति रुपमा पढाई सुरु गरिएको थियो ।

साथै पाठशालाको अभिन्न अंगको रूपमा रहने गरि वाचनालयलाई विद्यामन्दिर पुस्तकालयको रूपमा विकास गरियो । रात्रिकालिन वाचनालय खोलेको आरोपमा गौडाका हाकिम लेफ्टिनेट बास्सा राजाले ओम प्रसाद गौचन, मेघ कुमार वैघ, कुल प्रसाद श्रेष्ठ, हरि प्रसाद श्रेष्ठ, बद्री नारायण भारी र श्याम सुन्दर गुभाजूहरुलाई पक्राउ गरेका थिए ।

२०२७ सालमा कालिका गाउँपंचायतका तत्कालिन प्रधानपंच तथा विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष टोप बहादुर विजुक्क्षेले विद्यामन्दिर माविमा भएको पुस्तकालयलाई बानपा ३ भुपी चोकको मुस्ताङ जाने तिर्थ यात्रु बस्ने ठाँटीमा सार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्