१६ बैशाख २०८१, आईतवार

 

अखिल (क्रान्तिकारी) म्याग्दीको अध्यक्षमा रोहित

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) म्याग्दी जिल्लाको १९ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

संगठनका जिल्ला अध्यक्ष मनिसा सीको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी स्थाई कमिटी सदस्य तथा जबस फ्याक्सन इन्चार्ज सिलु सीको प्रमुख आतिथ्यता नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गण्डक इन्चार्ज राजन सी, नेकपा केन्द्रीय सदस्य तथा धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सि , म्याग्दी जिल्ला इन्चार्ज उषा सीको विशिष्ट आतिथ्यता, अखिल ९क्रान्तिकारी०गण्डक कमान्ड इन्चार्ज प्रकाश सी, धौलागिरी ब्यूरो इन्चार्ज उपेन्द्र सि र बागलुङ जिल्ला समायोजन सुधन सीको आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिति सदस्य तथा जसब फ्याक्सन इन्चार्ज सिलु सीले सम्मेलनबाट निर्वाचित हुने नेतृत्व शैक्षिक दलाल तथा भ्रष्टहरु विरुद्ध लडाइँ गर्न अबको विद्यार्थीहरुको महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताईन ।

विद्यार्थीहरुको भविष्यमाथि दलाल भ्रष्टहरुले गम्भीर खेलवाड गरिरहेकोले त्यसका विरुद्ध निर्मम हुनुपर्ने भन्दै राष्ट्र निर्माणमा युवा विद्यार्थीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताईन । फागुन ६ गतेदेखि ९ गतेसम्म संगठनको राष्ट्रिय सम्मेलन हुने भएकोले उक्त सम्मेलनमा नेपालको शैक्षिक अवस्था र अबको शिक्षा प्रणाली, युवा विद्यार्थीको भविष्य, दायित्वबारे बृहत् छलफल गरिने हुँदा सबै युवा विद्यार्थीहरु सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन अपिल गरिन ।

यस्तै कार्यक्रमका विशिस्ट अतिथि नेकपाका केन्द्रीय सदस्य गण्डक इन्चार्ज राजन सीले दलाल पुजीवादी संसदीय व्यवस्था अहिले मुख्य बाधक रहेकाले यसलाई भट्काएर वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए ।

त्यसै गरि पार्टीको केन्द्रिय सदस्य तथा धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सिले पनि विद्यार्थी भनेको देशको भविष्य हो तर राज्यले विद्यार्थीहरु निशुल्क शिक्षा लागू हुन्छ भन्दै आउने तर उनै विद्यार्थीहरुबाट पैसा असुली गरि विद्यार्थीहरुलाई पनि शोषण गर्दै आएको बताए।

अखिल ९क्रान्तिकारी० गण्डक कमान्ड इन्चार्ज प्रकाश् सिले विद्यार्थीहरुको भविष्य नेपालमा नरहेको बेला चुप लागेर बस्ने बेला होइन अब आफ्नो भविष्य कोर्न आफै लाग्नु पर्ने बेला आएको र तेस्को जिम्मेवार अखिल क्रान्तिकारीले जिने बताए ।

संगठनको धौलागिरी ब्यूरो इन्चार्ज उपेन्द्र सीले पनि निर्वाचित समितिलाई बधाई दिदै राष्ट्र र जनताको पक्षमा सदैव आन्दोलित हुन आग्रह गरे अहिलेको शिक्षा सहि नभएकाले वैज्ञानिक समाजवादी शिक्षा ल्याउन सबै लाग्नुपर्ने बताए । देश सबै हिसाबले खराब भएकाले सहि नेतृत्वको आवश्यक रहेको भन्दै वैज्ञानिक समाजवादबाट मात्र सबै संकटको हल हुने बताए ।

१९ औं जिल्ला सम्मेलनबाट रोहित सीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मनिसा सी, विशाल सि सचिवमा सुमन, सहसचिवमा विनिता, करिस्मा र कल्पना सि, कोषाध्यक्षमा विनिता सीसहित ४१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्