६ जेष्ठ २०८१, आईतवार

 

गरिमा आवासिय माविको ४३ औँ वार्षिकोत्सव : नृत्य प्रतियोगितामा फयुचर ब्राइटर प्रथम, गुराँस विद्या सदन द्धितीय

बागलुङ । गरिमा आवासिय माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव एवं अभिभावक दिवसमा आयोजित अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगितामा फ्युचर ब्राइटर आवासीय माध्यमिक विद्यालय प्रथम, गुराँस विद्या सदन द्धितीय, धौलागिरिआवासीय माध्यमिक विद्यालय तृतीय र आदर्श विद्यामन्दिर आवासीय माध्यमिक विद्यालय शान्त्वना भएका छन् ।

प्रथम हुने समूहले ६ हजार नगद, मेडल र सम्मानपत्र, द्धितीय हुनेले ४ हजार नगद, मेडेल र सम्मानपत्र र तृतीय हुनेले २ हजार नगद, मेडेल र सम्मानपत्र प्राप्त गरेको गरिमा आवासिय माध्यमिक विद्यालय प्रिन्सिपल इश्वर खड्काले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्