२३ बैशाख २०८१, आईतवार

 

धवलागिरि बहुमुखी क्याम्पसको वार्षिकोत्सवमा ४६ जनाबाट रक्तदान र आश्रमलाई सहयोग

बागलुङ । धवलागिरि बहुमुखी क्याम्पसले ६१ औँ वार्षिकोत्सव बुधबारदेखि सुरु भएको छ । क्याम्पसले सप्ताहव्यापी कार्यक्रमसहित वार्षिकोत्सव मनाउन लागेको हो । वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

४६ जना विद्यार्थी र प्राध्यापकहरुले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक विजय राज पन्तले जानकारी दिनु भयो । कार्यक्रममा क्याम्पसका संचालक समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापा, क्याम्पस प्रमुख प्रा. डा.रामप्रसाद उपाध्याय र नेपाल रेडक्रम सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख हरि प्रसाद पाण्डेले गर्नु भएको थियो । वार्षिकोत्सवको उपलक्ष्यमा क्याम्पसले मानव सेवा आश्रमलाई भोजन बापत ८ हजार पाँच सय रुपैयाँ सहयोग गरेको छ ।

कार्यक्रममा क्याम्पसका संचाल समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर श्रेष्ठ, क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्याय र विविए संयोजक जोन बज्राचार्यले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन आश्रमका अभिभावक निर्मलबहादृुर श्रेष्ठले गर्नु भएको थियो ।

वार्षिकोत्सवको उपलक्ष्यमा अन्तर क्याम्पस स्तरीय हाजिर जवाफ आयोजना गरिएको छ । यसै गरी फुटबल प्रतियोगिता, छात्र, छात्रा भलिबल प्रतियोगिता, मालढुगादेखि क्याम्पससम्म दौड प्रतियोगिता पनि हुने भएको छ ।

मूल समारोह ८ गते हुने भएको छ । वार्षिकोत्सवको अवसरमा उत्कृष्ठ कार्य सम्पादनको आधारमा प्राध्यापक र कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम पनि तय भएको छ ।

विसं २०१९ सालमा स्थापना भएको यस क्याम्पसले शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिदै आएको छ । यस क्याम्पसमा मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान संकायको पढाइ हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्