१५ बैशाख २०८१, शनिबार

 

अस्थायी ट्राफिक प्रहरी कार्यालय हटियालाई प्रिन्टर र कम्युटर हस्तान्तरण

बागलुङ । बागलुङको गलकोट नगरपालिका कार्यालयले अस्थायी ट्राफिक प्रहरी कार्यालय हटियालाई प्रिन्टर र कम्युटर हस्तान्तरण गरेको छ ।जिल्ला ट्रफिक प्रहरी कार्यालय मातहत रहेको ट्राफिक प्रहरीलाई एक थान प्रिन्टर र एक थान कम्युटर हस्तान्तरण गरेको छ ।

पौष महिनाबाट गण्डकी प्रदेशको बागलुङ सहितका ७ जिल्लामा सुरु भएको सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवाना वापतको राजस्वलाई बैंकिङ प्रणालीमा जोडेकोले त्यसको सहजताको लागि प्रिन्टर र कम्युटर सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।

ट्राफिक कार्यालय बागलुङले सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवाना वापतको राजस्वलाई बैंकिङ प्रणालीमा जोडेकोले सो सहयोगले सवारी नियम उल्लंघनको जरिवाना वापतको रकम बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने व्यवस्थालाई सहयोग पुग्ने भएको छ ।

गलकोटमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल बहादुर विकले जिल्ला ट्राफिक प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेलाई प्रिन्टर र कम्युटर हस्तान्त्रण गर्नु भएको थियो ।

प्रहरी प्रधान कार्यालयले ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम (टिभीआरएस) सफ्टवेयर प्रणालीको विकास गरेर देशभर एकिकृत रुपमा कार्यान्वयनमा ल्याउन लागेको (टिभीआरएस) प्रणालीको जिल्लामा पौषबाट नै सुरु भएको र अव अस्थाई ट्राफिक प्रहरी पोष्ट हटियाबाट पनि यो सेवा सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका हवलल्दार टिका शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्