१६ बैशाख २०८१, आईतवार

 

महिला हित सहकारीद्वारा वित्तीय साक्षरता र खुशी जिवन कार्यक्रम सञ्चालन

बागलुङ । महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा शेयर सदस्यहरूको लागि वित्तीय साक्षरता एवं खुसीको जिवन सम्वन्धी प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने र खुसी जिवन जिउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सहकारीले जनाएको छ ।

सो अवसरमा सहकारीका सल्लाहकार तथा अधिवक्ता ममता देवी शर्माले वित्तीय साक्षरताको महत्व आवश्यकता लगाएतको विषयमा र सहकारीका सदस्य जोश्ना शाक्यले खुसी जिवनका लागि जिवन उपयोगी प्रशिक्षण दिनु भएको थियो ।

सहकारीका जेष्ठ शेयर सदस्य कमला देवी आचार्यले उद्घाटन गर्नु भएको कार्यक्रममा बागलुङ नगरपालिका स्वास्थ्य शाखाका लक्ष्मण ढकालले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सहकारीका प्रबन्धक चन्द्रा कार्कीले सहकारीको बारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष लिला देवी खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी देवी जिसी केसीको स्वागत र सचिव सावित्री केसीको संचालनमा सम्पन्न भएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्