१६ बैशाख २०८१, आईतवार

 

सिवाइसी साकोसमा व्यवसाय विकास सेवा कक्ष स्थापना

बागलुङ । बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थामा व्यवसाय विकास सेवा कक्ष स्थापना गरिएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) र नेफ्स्कूनको सहयोगमा व्यवसाय विकास सेवा कक्ष स्थापना गरिएको हो । सेवा कक्षको यूएसएडका नेपाल प्रमुख एग्नेस लुजले एक समारोहका बीच उद्घाटन गर्नु भएको हो ।

यूएसएड र नेफ्स्कूनको सहयोगमा देशका विभिन्न ३१ सहकारीमा व्यवसाय विकास कक्ष स्थापना गर्ने योजना अनुसार सिवाइसी सहकारीको केन्द्रिय कार्यालय हल्लन चोकमा स्थापना गरिएको छ ।

सो अवसरमा बोल्दै युएसएआइडीका नेपाल प्रमुख एग्नेस लुजले साकोसको वित्तीय क्षेत्रमा गरेको योगदानको प्रसंशा गर्दै गाउँमा छरिएर रहेका जनतालाई राम्रो सेवा दिएको बताउनु भयो । यो कार्यक्रमले साविक धवलागिरि क्षेत्रमा उत्पादन हुने वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने समन्वय गर्ने बताउनु भयो ।

कार्यक्रममा यूएसएडका वित्तीय सेवा अधिकृत सञ्जय झा र नेफ्स्कूनका वरिष्ठ अधिकृत नवीनराज दाहालले वित्तीय सहकारीमार्फत उद्यमीहरु विकास गरी उद्यमशीलता प्रवर्द्धन गर्न बीडीएस डेस्कको अवधारणा ल्याएको बताउनु भयो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले संस्थाको अवस्थाबारे जानकारी गराउनु भएको थियो ।

संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संचालक समितिका सदस्य गोपाल कुमार शर्मा र संचालन सचिव ज्ञानेन्द्रराज पन्तले गर्नु भएको थियो ।

संस्थाको यो डेस्कले युवाहरूलाई व्यवसाय सञ्चालन, श्रोत व्यवस्थापन, व्यवसाय योजना, प्राविधिक सुविधा, मार्केटिङमा सहयोग, सम्भावित पेशागत उद्यम गर्न चाहने महिला, महिला तथा अपाङ्गता भएका सदस्यहरूलाई परामर्श र सल्लाह दिने छ । व्यवसाय विकास कक्षको परामर्शदाताका रूपमा सहकारीका सहायक प्रवन्धक शालिकराम पौडेललाई नियुक्त गरिएको छ ।

May be an image of 3 people

May be an image of 2 people, dais and text that says 'बचत तथा ऋण सहकारी संस्या BUSINESS DEVELOPMENT SERVICE DESK Society व्यवसाय विकास सेवा कक्ष उदघाटन समारोह २०१० पैत्र जते शुत्रवार supported by USAID नेफस्कन 無得得特 यर सदस्य'

May be an image of 8 people, dais and text

May be an image of 13 people, people studying and text

May be an image of 7 people and text

May be an image of 1 person

प्रतिक्रिया दिनुहोस्