१५ बैशाख २०८१, शनिबार

 

१४ वर्षीया बालिका बलात्कारको आरोप लागेका मल्ल पक्राउ

बागलुङ । बागलुङको निसीखोलामा १४ वर्षिया बालिका बलात्कारको आरोप लागेपछि भागेका निसीखोला गाउँपालिका १ का ३० वर्षीय विजय मल्ल पक्राउ परेका छन् । मल्ललाई बुधबार बिहान भैरहवाबाट पक्राउ गरिएको हो । ९ महिनाअघि मल्लले १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेका थिए ।

पीडित परिवारले ९ महिनापछि मात्रै गत गत शुक्रबार उजुरी दर्ता गरेका थिए । भैरहवामा पक्राउ परेका मल्ललाई प्रहरीले जिल्ला प्रहरी कार्यलय बागलुङमा ल्याई अनुसन्धान सुरु गरेको बागलुङका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनु भयो ।

जबर्जस्ती करणीमा परेकी किशोरी र उनको परिवारलाई पैसा र दबाब दिएर घटना लुकाउन खोज्दा पीडितहरू दबाबमा परेकोले ढिलागरी जाहेरी परेको थियो । ती बालिकाले गत शनिबार धौलागिरि अस्पतालमा छोरी जन्माएकी छन्। अवधि कम हुँदै जन्मिएको बच्चालाई एनआइसीयूमा राख्नुपर्ने भएकाले अस्पतालले पोखरा रिफर छ।

अवधि कम हुँदै जन्मिएको बच्चाको तौल २ किलो १ सय ५० ग्राम रहेकोले एनआइसीयूमा राख्नुपर्ने भएकाले अस्पतालले पोखरा रिफर गरेका जनाएको छ । किशोरी गर्भवती बनेपछि बालिकालाई पैसा दिएर घटना लुकाउन खोजिएको थियो । पीडितलाई बुटवल लगेर गर्भपतन गराउनसमेत मल्लले दबाब दिएको पीडितका आफन्तको भनाई छ।

बुटवल लगेर गर्भपतन गराउन खातामा पैसासमेत दिएको भएपनि नमिल्ने अवस्थाको भइसकेकोले फिर्ता भएका थिए ।
मोबाइल बनाउन जाँदा मल्लले बाटोबाटै तानेर जंगलमा लगी जबर्जस्ती गरेको पीडितको जाहेरीमा उल्लेख छ । मल्लले विद्यालयका शिक्षकलाई समेत प्रभावमा पारेर घटनालाई बाहिर नल्याउन पहल गरेको देखिएको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्