५ जेष्ठ २०८१, शनिबार

 

तेस्रो चिल्ड्रेन लाइफ मावि स्तरीय हाजिर जवाफ प्रतियोगिता चैत्र १७ गते हुँदै

बागलुङ । चिल्ड्रेन लाइफ माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता शनिबार हुने भएको छ ।

चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुलको आयोजनामा तेस्रो मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुन लागेको शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

प्रतियोगितामा साविकको धौलागिरि अञ्चलको २५ वटा विद्यालयले भाग लिन लागेको चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले जानकारी दिनु भयो । हाजिरीजवाफ प्रतियोगितामा विज्ञान र व्यवस्थापन दुवै संकाय अन्तर्गत कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सहभागि हुने पाउने छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार नगद, ट्रफि र प्रमाणपत्र, द्धितीय हुनेलाई १८ हजार नगद, ट्रफि र प्रमाणपत्र र तृतीय हुनेलाई १२ हजार नगद, ट्रफि र प्रमाणपत्र पाउने छन् ।

चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुलले विद्यार्थीलाई सृजनशिल ढंगले पढाउनुको साथै धेरै लगानीको अतिरिक्त क्रियाकलापहरु पनि गर्दै आएको छ । विद्यालयले गत फागुनमा तेस्रो चिल्ड्रेन लाइफ कप अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता पनि आयोजना गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्