२३ बैशाख २०८१, आईतवार

 

हाजिर जवाफ प्रतियोगितामा व्यवस्थापन तर्फ अमर आदर्श मावि र विज्ञान तर्फ चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुल प्रथम

बागलुङ । चिल्ड्रेन लाइफ माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुलको आयोजनामा तेस्रो मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा व्यवस्थापन संकाय तर्फ अमर आदर्श मावि र विज्ञान संकाय तर्फ चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुल समूह वि प्रथम भएको छ ।

व्यवस्थापन संकाय तर्फ द्धितीय चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुल र कुश्मा, पर्वतको नमुना आवासिय मावि तृतीय भएका छन् । यसै गरी विज्ञान संकाय तर्फ प्रथम चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुल समूह वि प्रथम, चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुल समूह ए द्धितीय र विद्यामन्दिर मावि तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार नगद, ट्रफि र प्रमाणपत्र, द्धितीय हुनेलाई १८ हजार नगद, ट्रफि र प्रमाणपत्र र तृतीय हुनेलाई १२ हजार नगद, ट्रफि र प्रमाणपत्र राष्ट्रिय परीक्षा वोर्ड प्रदेश कार्यालय कास्कीका निर्देशक लक्ष्मण देवकोटाले प्रदान गर्नु भएको थियो ।

 

विद्यालयका अध्यापनका साथै विद्यार्थीको लागि अतिरिक्त क्रियाकलापको विशेष महत्व भएको राष्ट्रिय परीक्षा वोर्ड प्रदेश कार्यालय कास्कीका निर्देशक लक्ष्मण देवकोटाले बताउनु भयो । चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुलले विद्यार्थीको बहुप्रतिभालाई बाहिर ल्याउन हाजिरी जवाफ प्रतियोगिता राखेर महत्वपूर्ण कार्य गरेको देवकोटाको भनाई थियो ।

कार्यक्रम चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुलको अध्यक्षता, शिक्षक दिपेन्द्र जैसी क्षेत्रीको स्वागत र शिक्षक प्रदिप पन्तले गर्नु भएको थियो ।कार्यक्रमको प्राविधिक व्यवस्थापन शिक्षक दीपक खनाल र कृष्ण पौडेलले गर्नु भएको थियो ।

प्रतियोगितामा विज्ञान संकाय तर्फ गलकोट मावि, प्रकाश मावि म्याग्दी, नारायण मावि पर्वत, अमर आदर्श आवासिय मावि बागलुङ, भिमसेन मावि विहुँ, विद्यामन्दिर माविको दुई टिम र चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुलको दुई टिम सहभागि थियो ।

व्यवस्थापन तर्फ नमुना आवासिय मावि पर्वत र चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुलबाट दुई टिम, न्यु वोऐस्ट प्वाइन्ट मावि म्याग्दी, अमर आदर्श मावि बागलुङ, न्यु लाइफ मावि गलकोट, फयुचर ब्राइटर आवासिय मावि बागलुङ, न्यु ओएसिस मावि बागलुङ, अमर मावि विहुँ, बागलुङ, रेश नुनथला मावि, बागलुङ, नारायण मावि पर्वत, विद्यामन्दिर मावि र बेनी सामुदायिक मावि म्याग्दी सहभागि थियो ।

हाजिरीजवाफ प्रतियोगितामा विज्ञान र व्यवस्थापन दुवै संकाय अन्तर्गत कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सहभागि भएका थिए । चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुलले विद्यार्थीलाई सृजनशिल ढंगले पढाउनुको साथै धेरै लगानीको अतिरिक्त क्रियाकलापहरु पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्