२३ बैशाख २०८१, आईतवार

 

विद्यामन्दिर माविमा कक्षा ९ सम्मको नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न

बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयको कक्षा केजिदेखि ९ सम्मको वार्षिक परीक्षा फल प्रकाशन भएको छ ।

आइतबार केजिदेखि कक्षा ९ सम्मको अग्रेजी र नेपाली माध्यमका प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा अभिभावकको तर्फबाट यामबहादुर पोखरेल, प्रधानाध्यापक छवि रमण रेग्मी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वावुलाल शाक्यले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकाका सदस्यहरु रिता शर्मा र इन्द्र केसीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालक शिक्षक कुलराज शर्माले गर्नु भएको थियो । कार्यक्रममा अभिभावकहरुको व्यापक उपस्थिति रहको थियो ।

विद्यामन्दिर माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्रको लागि सोमबारदेखि भर्ना अभियान संचालन गर्ने भएको छ । त्यसको लागि शिक्षक र विद्यालय व्यवस्थापन समितिकाका सदस्यहरुको टोलि बनाएर घर दैलो अभियान संचालन हुने प्रधानाध्यापक रेग्मीले नयाँ विश्वलाई बताउनु भयो ।

विद्यालयमा वैशाख २ गतेबाट प्रवेश परीक्षा सुरु हुने र वैशाख ६ गतेदेखि पठन पाठन सुरु हुने विद्यालयले जनाएको छ । विद्यामन्दिर माविमा शैक्षिक गुणस्तरमा सुधार हुन थालेपछि अभिभावक र विद्यार्थीहरुले विद्यालयलाई प्राथमिकतामा राख्न लागेका छन् ।

विसं १९९७ सालमा ओमप्रसाद गौचन, मेघ कुमार वैध र उनका समकालिन साथीहरुले स्थापना गरेको यस विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म १३ सय ८० जना विद्यार्थी अध्यापन गर्छन् ।

प्रतिक्रिया दिनुहोस्