१९ बैशाख २०८१, बुधबार

 

विद्यार्थी आकर्षणको केन्द्र बन्दै कालीगण्डकी आवासिय मावि

बागलुङ । बागलुङ बजारमा रहेको कालीगण्डकी आवासिय विद्यालयको प्राङ्गण अभिभावक र विद्यार्थीले भरिभराउ छ। यस विद्यालयमा नयाँ भर्ना लिने क्रम चलिरहेको छ। भर्नाको लागि विद्यालयमा विद्यार्थीहरुको चाप छ ।

बागलुङ जिल्लाकै पुरानो संस्थागत विद्यालयका रूपमा रहेको यस विद्यालयमा शैक्षिक सुधार र गुणस्तरीय पढाई हुन थालेपछि धेरै विद्यार्थीको रोजाईमा यो विद्यालय पर्न थालेका हो ।विद्यालयमा बैशाख ६ गतेदेखि कक्षा सञ्चालन सुरु भएको छ ।

शान्त वातावरण, मेहनती शिक्षक, सृजनात्मक अध्यापन, विद्यार्थीको मनोविज्ञान अनुसारको व्यवहार यो विद्यालयका विशेषताहरु हुन् । अग्रेजी माध्यमबाट पढाई, राम्रो सिकाई उपलब्धी र सर्वोत्कृट शैक्षिक नतिजाका कारण यो विद्यालयलाई हेर्ने दृष्टिकोण बेग्लै भएको कालीगण्डकी आवासिय विद्यालयका सहायक प्रिन्सिपल सुरेन्द्र शाक्यले नयाँ विश्वलाई बताउनु भयो ।

विद्यालयले जेहेन्दार र विपन्न वर्गका बालबालिकाहरुलाई छात्रवृत्तिको पनि व्यवस्था गरेको छ ।

विद्यार्थीले बुझन्ने तरीकाले पढाउने र विद्यार्थी मैत्री वातावरण सृजना गर्न चुनौती रहेकोले विद्यालयले नियमित मनोवैज्ञानिक परामर्श, स्वास्थ्य परीक्षण, प्रविधियुक्त व्यवहारीक र गुणस्तरीय शिक्षा, यातायातको व्यवस्था, आवासिय सुविधा, कोचिङ कक्षाको व्यवस्था, विभिन्न अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण, सुविधा सम्मन्न विज्ञान प्रयोगशाला, पुस्तकालयको व्यवस्था र मेहनती शिक्षकहरुबाट मनोवैज्ञानिक ढंगले अध्यापनमा जोड दिएको विद्यालयले जनाएको छ ।

२०४९ सालमा स्थापना भएको यो विद्यालय भौतिक पूर्वाधारमा अगाडि छ । विद्यालयको स्तरवृद्धि, शैक्षिक सुधार, विद्यार्थीको बढ्को चाप र सर्वोकृष्ट नतिजालाई कायम गर्न विद्यालयले रणनीतिक शैक्षिक योजना बनाएर अगाडि बढेको प्रिन्सिपल निरञ्जन राजभण्डारीले बताउनु भयो ।

यस विद्यालयका विद्यार्थीहरुले विभिन्न विद्यालय र संघसंस्थाहरुले आयोजना गरेको प्रतियोगितिहरुमा अब्बल नतिजा ल्याइ रहेका छन् ।युवा रेड सर्कलद्धारा पनि विद्यार्थीहरुले दैवी प्रकोपको बेला कसरी उद्धारमा सहयोग गर्ने भन्ने तालिम पनि पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्