२१ बैशाख २०८१, शुक्रबार

 

वडा अध्यक्ष रसाइलीको पहलमा विद्यार्थीहरुलाई दुई लाख दश हजारको बाख्रा वितरण

बागलुङ । धेरै जसो विद्यालयमा विद्यार्थीलाई छात्रवृत्ति स्वरूप न्यानो कपडा, शैक्षिक सामग्री तथा नगद दिने गरिएको छ तर जैमिनी नगरपालिका-७ का वडा अध्यक्ष केन्द्र रसाइलीको सक्रियतामा बाख्रा वितरण गरिएको छ ।

जैमिनी नगरपालिका ७, जैदी का वडा अध्यक्ष रसाइलीको समन्वयमा जैदी, बझिनीको श्री जनता बाल साक्षरता प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई बाख्रा वितरण गरिएको छ । गोदावरी नगरपालिका ललितपुरमा रहेको दिगो विकासको लागि सिकाई र अनुभव आदान प्रदान कार्यक्रम (लिड नेपाल) को सहयोगमा विद्यालयका २१ जना विद्यार्थीलाई २१ वटा माउ बाख्रा वितरण गरिएको हो ।

दुई लाख दश हजारको २१ वटा बाख्रा वितरण गरिएको वडा अध्यक्ष केन्द्र रसाइलीले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

गाउँको विपन्न विद्यार्थीहरुको आर्थिक विकास, पढाईको निरन्तरता र उच्च शिक्षा हासिल गर्न सहयोग होस भनि बाख्रा सहयोग गरेको दिगो विकासको लागि सिकाई र अनुभव आदान प्रदान कार्यक्रम (लिड नेपाल) का सचिव पुस्कर खड्काले बताउनु भयो ।

यसअघि विद्यार्थीहरुलाई न्यानो कपडा र खेलकुदका सामग्री पनि वितरण गरिएको वडा अध्यक्ष रसाइलीले बताउनु भयो । वडा अध्यक्ष रसाइली आफनो वडामा जनपक्षिय सृजनात्मक कामहरु गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्