२४ बैशाख २०८१, सोमबार

 

लियो क्लब अफ धौलागिरि बागलुङको अध्यक्षमा सचिन हरिजन

लियो क्लब अफ धौलागिरि बागलुङको अध्यक्षमा सचिन हरिजन चयन भएका छन् ।

क्लव १६औ अधिबेशनबाट बर्ष २०२४/२५ का लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

क्लवको उपाध्यक्षमा आस्मिन शेख, नारायणदत्त खराल, देबेन्द्र बिश्वकर्मा चयन भएका छन् ।

सचिवमा सिवानी शाक्य, कोषाध्यक्षमा सुन्दर आचार्य र सह कोषाध्यक्षमा अन्जु रेग्मी निर्बाचित भएका छन । लियो क्लब अफ धौलागिरि बागलुङका वर्ष २०२३/२४ का अध्यक्ष मनिष कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि क्लब सल्लाहकार एवं लायन्स क्लव अफ धौलागिरिका वर्ष २०२४/२५ का अध्यक्ष गणेश महतो, लियो जिल्ला परिषद ३२५ के नेपाल का सह कोषाध्यक्ष सुनिल सापकोटा लियो जिल्ला परिषद ३२५ के नेपाल क्षेत्र नं १ का क्षेत्रीय प्रतिनिधि लियो प्रबेश पौडेलकोले नव निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेका थिए ।

लियो क्लब अफ धौलागिरि बागलुङका वर्ष २०२३/२४ का उपाध्यक्ष सचिन हरिजनले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सह सचिव सिवानी शाक्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्