५ जेष्ठ २०८१, शनिबार

 

नेपाल टेलिभिजनकर्मी आचार्यलाई आर्थिक पत्रकारिता पुरस्कार

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघले स्थापना गरेको वाणिज्य आर्थिक पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनकर्मी किरण आचार्यलाई प्रदान गरिएको छ ।

आचार्यलाई १२ हजार पाँच सय रुपैयाँराशिको पुरस्कार प्रदान गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले आचार्यलाई शनिबार संघको ६० औँ  वार्षिक साधारणसभाको अवसरमा नगद र सम्मानपत्रले सम्मान गर्नु भएको हो ।

आचार्य २०५७ सालदेखि पत्रकारितामा क्रियाशिल छन् ।

कार्यक्रमको सञ्चालन बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्