५ जेष्ठ २०८१, शनिबार

 

महिला उद्यमशीलता विकासका लागि बडिगाड गाउँपालिकाको आयोजनामा अचार बनाउने तालिम

बागलुङ । बडिगाड गाउँपालिकाको आयोजनामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत अचार बनाउने तालिम सम्पन्न भएको छ ।

बडिगाड गाउँपालिका-५ का महिलाहरुलाई दोश्रो चरणको ९ दिने तालिम प्रदान गरिएको हो । यस भन्दा पहिला पनि तालिम लिएका महिलाहरुको लागि स्तरोन्नतीको लागि तालिम आयोजन गरेको गाउँपालिकाले जनाएको छ ।

बडिगाड गाउँपालिकाले व्यावसायिक रुपमा अगाडि बढ्न र आर्थिक उपार्जनमा लाग्न चाहने महिलाहरुको लागि मुडा बुन्ने, पुुतली बनाउने, प्याड बनाउने, लेडिज व्यग, चम्पल, कुखुरा, वाख्रा तथा बंगुर पालन तालिम, तरकारी खेती सम्बन्धी तालिका प्रदान गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनु भयो ।

पालिकाले तालिम दिएका महिलाहरुको सहभागितामा पालिका स्तरीय उद्यमीहरुको सम्मेलन गर्ने तयारी गरेको समेत जानकारी दिनु भयो ।

९ दिने अचार बनाउने तालिम गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको अध्यक्षता उपाध्यक्ष भिसमेन वनको स्वागत र योजना शाखाका प्रमुख कमल शर्माको संचालनमा सम्पन्न भएको थियो ।
तालिममा सहभागी महिलाहरुले आफूहरुलाई आत्मनिर्भर बनाउन तालिमले सहयोग पुगेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्