काठमाडौं । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीवी) राईको ‘हत्या’ भएको भनि अन्तर्वार्ता दिएका डिल्लीराम खनाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टले उनलाई ५ हजार धरौटीमा छाड्न आदेश गरेका हुन् ।
खनालले राईको हत्या भएको दाबी गरेर ‘युट्युब’मा अन्तर्वार्ता दिएका थिए ।
विद्युतीय अपराध अन्तर्गत झुटा अफवाह फैलाउन नहुने कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा बुधवार थुनछेक पुरा भएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

















































































































































































































