३ असार २०८१, आईतवार

 

विद्यार्थी बोकेर रारा भ्रमणमा गएको जिप मुगुमा दुर्घटना, १२ जना घाइते

बाजुराबाट रारातर्फ भ्रमणमा लागि जाँदै गरेको विद्यार्थी र शिक्षक सवार जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। बाजुराको हिमाली गाउँपालिका–५ कोल्टिमा रहेको भवानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई रारा घुमाउन लैजाँदै गरेको ग १ ज ८२४९ नम्बरको जिप बिहीबार मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो।

दुर्घटनामा चालक सहित १२ जना घाइते भएका हुन। घाइते हुनेहरूमा नौं जना विद्यार्थी, दुई जना शिक्षक र चालक रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। घाइते चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ।

उनका अनुसार अरु सबैको अवस्था सामान्य रहेको छ। जिप सडकबाट २५ मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्