३ असार २०८१, आईतवार

 

पत्रकार महासंघ बागलुङद्वारा केसीको नेतृत्वमा निर्वाचन समिति गठन

बागलुङ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई केन्द्रित गरेर नेपाल पत्रकार महासंघ बागलुङ शाखाले बिहीबार धौलागिरि शाखाका पूर्वसचिव हिराबहादुर केसीको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा बसेको बैठकले केसीको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा बागलुङ उच्च अदालत बार एशोसिएशनका अध्यक्ष अधिवक्ता रमेश बहादुर खड्का र जिल्ला अदालतका शाखा अधिकृत ऋषिराम रिजाल समेत रहेका छन् ।

बैठकले कार्यवाहक अध्यक्षको रुपमा कुशलनता पूर्वक राम्रो कार्य गरेकोमा नविन शिशिर विक र सरिता खत्रीलाई धन्यवाद दिएको छ ।

जेठ २६ गते केन्द्र, प्रदेश र जिल्लाको एकैसाथ सबै साधारण सदस्यले मताधिकार प्रयोग गर्न पाउने व्यवस्था सहित निर्वाचन गरिने नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कोषाध्यक्ष सुवाश गौतमले बताए ।

साथै बागलुङ शाखाले बागलुङ नगरपालिकासँगको सहकार्यमा आगामी जेठ १५ देखि १७ गतेसम्म पत्रकारिता र प्रविधि विषयमा तालिमको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्