४ असार २०८१, सोमबार

 

मालिका सेवा समाज र मालिका पूर्व विद्यार्थी मञ्चद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

बागलुङ । सामुदायिक बिद्यालयमा पढ्ने विद्यार्थीलाई अध्ययन अध्यापनमा सहयोग पुर्‍याउने हेतुले मालिका सेवा समाज र मालिका पूर्व विद्यार्थी मञ्चको आयोजनामा श्रीकृष्ण आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

डेलि स्टेशनरी सप्लार्स काठमाडौको सहयोग , सिजन स्टेशनर्स बागलुङको समन्वयमा श्रीकृष्ण आधारभूत विद्यालयमा एक कार्यक्रमका बिच १० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरियो ।

सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका पूर्व सभापति जब्बरबहादुर लामिछानेले यी दुई सस्थाले गरेको कार्यले समाजमा सकारात्मक सन्देश गएको चर्चा गर्दै सहयोग गर्नेडेलि स्टेशनरी सप्लार्स काठमाडौलाई धन्यवाद दिनुभयो।

कार्यक्रममा समाजसेवी नारायण आचार्यले सस्थाका कार्यले परोपकारको भावना जागृत गरायको बताउदै सस्थाका कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।

शैक्षिक सामग्री हस्तान्तरणको बारेमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द सापकोटाले प्रकाश पार्नु भएको कार्यक्रम सेवा समाज तथा विद्यार्थी मञ्चका अध्यक्ष जिवन नाथ शर्मा रेग्मीको अध्यक्षता ,मञ्चका महासचिव आनन्द प्रसाद रेग्मिको संचालन तथा संस्थाका सल्लाहकार धरणीधर सापकोटाको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्