४ असार २०८१, सोमबार

 

प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा आश्रमलाई खाद्यान्न सहयोग

बागलुङ । नेपाल प्रेस युनियन बागलुङले आफ्नो स्थापना दिवसको अवसरमा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । युनियनको ३३ औं स्थापना दिवसको अवसरमा पहिलो दिन बागलुङ नगरपालिका वडा नम्वर ४ निर्यघाटमा रहेको रामानुज आश्रममा खाद्यान्न हस्तान्त्रण गरेको हो ।

आश्रममा रहेका १० जना जेष्ठ नागरिकहरुलाई चालम, दाल,तेल, लगाएतका दैनिक उपभोज्ञ वस्तु हस्तान्त्रण गरेको हो । हस्तान्त्रण कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियको पूर्व केन्द्रिय सदस्य तथा बागलुङ नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रेस युनियन नेपालको सबैभन्दा पुरानो पत्रकारहरुको संगठन रहेको भन्दै देशको हरेक परिवर्तनमा युनियनले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो ।

स्थापनाकाल देखि नै युनियनले पत्रकारिता क्षेत्रमा खेल्नु पर्ने भूमिका इमान्दारीपूर्वक खेलेकै कारण नेपालको पत्रकारिता जगतमा युनियनले छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ बागलुङका सचिव विजय राना, रामानुज आश्रममा पवित्रा माताले बोल्नु भएको थियो ।

कार्यक्रम प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगरको अध्यक्षता र सहसचिव नवराज परियारको संचालनमा सम्पन्न भएको थियो । आईतबार विहान मैत्रीपूर्ण फुटसल प्रतियोगिता र दिउसो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्