४ असार २०८१, सोमबार

 

एकिकृत अखिल नेपाल शिक्षक संगठन बागलुङ नगरको प्रथम नगर परिषद् सम्पन्न

बागलुङ । एकिकृत अखिल नेपाल शिक्षक संगठन बागलुङ नगरपालिकाको दोश्रो नगर सम्मेलन तथा प्रथम नगर परिषद् सम्पन्न भएको छ ।

कार्यक्रमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागलुङ ईन्चार्ज बलावती शर्माले नेपालको शैक्षिक, राजनीतिक र सामाजिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

शैक्षिक समस्या र पेसागत हकहित बारे र नेपालको विद्यमान शैक्षिक समस्या हल गर्नका लागि एकीकृत अखिल नेपाल शिक्षक संगठनलेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला संयोजक राजिव घिमिरे, एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय उपाध्यक्ष झपिन्द्र क्षेत्री, नेकपा माओवादी केन्द्रका नगर सचिव राजु खड्का, वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका उपाध्यक्ष हरिराम रेग्मी, नेकपा माओवादी केन्द्र बानपा ३ का अध्यक्ष राजन सापकोटा, नेकपा माओवादी केन्द्र बानपा १३ का अध्यक्ष रेशम खत्री, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य जीवन शर्मा लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

शिक्षा सेवा आयोगबाट पदस्थापना भएका तथा बढुवा भएका शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

नगर परिषदमा सचिव शालिकराम शर्माले प्रगति तथा आर्थिक प्रतिवदेन प्रस्तुत गरेका थिए ।

कार्यक्रम सुरेन्द्र चापागाईको अध्यक्षता कोपिला शर्माको स्वागत र शालिकराम शर्माको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्