६ कार्तिक २०८३, बिहीबार

 

नयाँ विश्व बचत तथा ऋण सहकारीद्वारा श्रद्धाञ्जली सभा

बागलुङ । नयाँ विश्व बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यको आफन्तको निधनमा दुःख व्यक्त गर्दै श्रदाञ्जली सभा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका–३ गुठी निवासी संस्थाका शेयर सदस्य गगनबहादुर पुन मगर र उहाँको भाई गंगाबहादुर पुन मगरकोे पुजनिय बुबा टिकाराम पुन मगरको निधनप्रति दुःख व्यक्त गर्दै मगरको निवासमा पुगेर बिहीबार श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।

श्रद्धाञ्जली सभामा नयाँ विश्व बचत तथा ऋण सहकारीका अध्यक्ष सुवाशचन्द्र राजभण्डारीले पुजनिय बुबा टिकाराम पुन मगरको निधनले आफू र आफनो संस्था मर्माहत भएको र यस शोकको घडीमा मृतक आत्मा प्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार जनमा सहकारीको तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको थियो ।

श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन सहकारीका सचिव मुकेशचन्द्र राजभण्डारीले गर्नुं भएको थियो ।

कार्यक्रममा नयाँ विश्व बचत तथा ऋण सहकारी संस्था लिमिटेड कार्य समितिका सदस्यहरु मनकाजी विश्वकर्मा, विश्व राजभण्डारी र प्रबन्धक विनोद राजभण्डारीको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung