६ कार्तिक २०८३, बिहीबार

 

स्थापना दिवसमा मातृभुमी बहुउद्देश्यीय सहकारीद्वारा विद्यालयलाई खाद्यान्न सहयोग

बागलुङ । मातृभुमी बहुउद्देश्यीय सहकारी संस्था बागलुङले आफ्नो स्थापना दिवसमा बागलुङ विशेष बाल कक्षा विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ ।

सहकारीले १७ औँ स्थापना दिवसका अवसरमा बागलुङ नगरपालिका ४ उपल्लाचौरस्थित विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई दाल, चामल, तेल, नुन,चाउचाउ लगायतका सामग्री हस्तान्त्रण गरेको हो ।

उक्त सामग्री सहकारीका अध्यक्ष गुणराज शर्मा पौड्याल र सल्लाहकार प्राःडा रामप्रसाद उपाध्यायले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठ र प्रधानाध्यापक युक्त जंङ्ग राजभण्डारी लाई हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै सहकारीका सल्लाहकार तथा धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख प्राःडा रामप्रसाद उपाध्यायले बागलुङ्गमा दुई सहकारी संस्थाले वित्तिय अपचलन गर्दा त्यसको असर समग्र सहकारीमा पर्न गएको बताउनुभयो । सहकारी प्रति शेयर सदस्यहरुको विश्वास कमजोर बन्दै गईरहेको अवस्थामा मातृभुमी सहकारीले भने आफूलाई अव्बल रुपमा स्थापित गरेको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले सहकारीले स्थापना दिवसमा बौद्धिक अपांङ्गता भएका बालबालिका अध्यनरत विद्यालयलाई सम्झेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

सहकारीका अध्यक्ष गुणराज शर्मा पौड्यालले सहकारीले गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्र्तगत समय समयमा विभिन्न सेवा मुलक कार्य गर्दै आएको बताउनु भयो ।

कार्यक्रम मातृभुमी बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष गुणराज शर्मा पौड्यालको अध्यक्षता, शिक्षा उपसमिति संयोजक रामचन्द्र शर्माको स्वागत र सचिव रामप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

बागलुङ विशेष बाल कक्षा विद्यालय २०४३ सालमा स्थापना भएको हो । यस विद्यालयमा ३६ जना विद्यार्थीहरु अध्ययरत छन् भने २२ जना विद्यार्थीहरुले आवासीय सुविधा पाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung