खर्वाङ । बडिगाड गाउँपालिकाको १५ औँ गाउँ सभामा आर्थिक वर्ष २०८१ र ८२ को लागि गाउँपालिका उपाध्यक्ष भिमसेन वनले प्रस्तुत गर्नुभएको ७२ करोड ९१ लाख ६२ हजार बराबरको बजेट तथा कार्यक्रम पारित भएको छ ।
बडिगाड गाउँपालिकाको आन्तरिक राजश्वबाट १ करोड ६० लाख, नेपाल सरकारको राजश्व बाँडफाँडबाट ११ करोड ४४ लाख, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ९२ लाख २० हजार, चालु वर्षको नगद मौज्दातबाट २ करोड ७० लाख ६३ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत संघिय सरकारको वित्तिय समानीकरण अनुदानबाट १० करोड ७६ लाख, प्रदेश तर्फको वित्तिय समानीकरण अनुदान १ करोड ४२ लाख ३८ हजार, संघिय सरकारको ससर्त अनुदान
३७ करोड ६ लाख ३९ हजार, संघिय सरकारको विशेष अनुदान ३ करोड, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान २० लाख, संघिय सरकारको समपुरक अनुदान ३ करोड, प्रदेश सरकारको समपुरक ८० लाख गरि कुल ७२ करोड ९१ लाख ६२ हजार आय प्रस्ताव गरिएको छ ।
खर्च तर्फ निसर्त चालु खर्चको रुपमा १३ करोड २८ लाख ५० हजार, ससर्त चालु खर्च तर्फ ४० करोड १६ लाख ३९ हजार गरि कुल ५३ करोड ४४ लाख ८९ हजार तथा पुँजिगत तर्फ निसर्त पुँजिगत खर्च १५ करोड ५६ लाख ७३ हजार तथा ससर्त पुँजिगत खर्च ३ करोड ९० लाख गरि जम्मा १९ करोड ४६ लाख ७३ हजार खर्च प्रस्ताव गरिएको छ ।
सडकको नयाँ ट्रयाक खोल्ने कार्यलाई न्यूनिकरण गर्दै साविकका वडा स्तरसम्म चल्ने सडक बनाउने लक्ष्य लिएको पालिकाले पूर्वाधार तथा भौतिक निर्माणमा १२ करोड १३ लाख २८ हजार बजेट विनियोजन गरेको छ ।
ग्रामीण सडक तथा मध्यपहाडि लोकमार्गको दिगोपना तथा संरक्षणका लागि लेन्थ वर्करको व्यवस्था गर्नेगरि बजेट व्यवस्थापन गरेको पालिकाले प्रदेश सरकारको साझेदारीमा समपुरक कोषबाट खर्वाङ दगा सिसाखानी सडकको लागि १ करोड ६० लाख विनियोजन गरेको छ ।
बडिगाड गाउँपालिका वडा नं। ४ रहेको बनस्पती मावि र वडा नं। ५ मा रहेको भानु माविको लागि नेपाल सरकारको समपुरक अनुदान कार्यक्रम अन्तरगत ६ करोड बजेट व्यवस्थापन हुँदा आर्थिक विकासमा ३ करोड २६ लाख ६३ हजार विनियोजन भएको छ ।
यस वर्षबाट १५ सैयाको आधारभूत अस्पताल सञ्चालन गर्ने गरि बजेट व्यवस्था गरेको पालिकाले पोषणमैत्री नमुना गाउँपालिकाको लागि ३ करोड ५ लाख बजेट विनियोजन गरिएको छ। समग्र रुपमा सामाजिक विकासको क्षेत्रमा ४५ करोड ३१ लाख ७१ हजार बजेट विनियोजन भएको छ ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि १ करोड २५ लाख बजेट विनियोजन गरेको पालिकामा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा १० करोड ९५ लाख खर्चगर्नेगरि बजेट संरचना तयार गरिएको छ ।
विगतमा बजेटमा पर्दै कार्यान्वयन हुन नसकेको ग्रिन बडिगाड क्लिन बडिगाड नारा अनुसार यसपालिपनि नागरिकसँगको सहकार्यमा फोहरमैला व्यवस्थापनको लागि बजेट विनियोजन भएको छ।
गतवर्ष भन्दा ५ करोड बढिको बजेट प्रस्तुत गरेको पालिकाको पुँजिगत तर्फ गतवर्ष भन्दा १७ लाख बढिको बजेट सार्वजनिक गरेको हो ।

































































































































































































