बागलुङ । नयाँ विश्व बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको आयोजनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
सहकारीका कार्यसमिति सदस्य मनकाजी विश्वकर्माका पिता रामशरण विश्वकर्मा निधन भएको नवौं दिनको पुण्ये तिथिमा सहकारीले श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
सस्थाले मृत आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै सभा गरेको थियो । नयाँ विश्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, सचिव मुकेशचन्द्र राजभण्डारी, सदस्य माधव शर्मा, बजार प्रतिनिधि विपना शर्माले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
विश्वकर्माको असार १३ गते १०१ वर्षको उमेरमा निधन भएको थियो । विश्वकर्माका दुई श्रीमती, तीन छोरा र आठ छोरी छन् ।
उनी नेपालको दलित आन्दोलन तथा बागलुङमा सुनचाँदीको व्यवसायिक कालिगढको काम सुरु गर्ने व्यक्तिको रुपमा चिनिन्छन्।
विश्वकर्माले आजभन्दा ८० वर्ष पहिले विसं २००० सालमा बागलुङ बजारमा व्यवसायिक रुपमा सुनका गहना बनाउन सुरु गरेका थिए ।
विसं २००३ सालतिर देशमा राणा शासनविरोधी आन्दोलन सुरू भएको थियो। आन्दोलनको प्रभाव दलित समुदायमा पनि देखिन थालेको थियो।
सोही समयमा दलितहरूको पहिलो संगठित आन्दोलन सुरु गरेका नेता भगवत सर्वजीतसँगै दलित विद्रोहमा रामशरण पनि सच्चा सहयात्री थिए र दलित आन्दोलनको सुरुवात गरेका थिए ।

















































































































































































































