८ कार्तिक २०८३, शनिबार

 

गृहमन्त्री लेखकको निर्देशनमा पूर्वडिआइजी छविलाल जोशी पक्राउ

बागलुङ । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेका छन्।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयलेले काठमाडौंबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको पत्रका आधारमा समातिएका जोशीलाई अनुसन्धानका लागि पोखरा पठाइने भएको छ।

गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा पत्र पठाउदै जोशीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका थिए ।

सूर्य थापा नेतृत्वको सहकारी ठगी प्रकरणमा छानबिन गर्न बनेको संसदीय विशेष समितिको निर्देशन पाएपछि प्रहरीले उनलाई पक्राउ गर्नुको साथै अन्यलाई पनि समाउने तयारी गरेको छ ।

समितिले पूर्वगृहमन्त्री रवी लामिछानेलाई पनि कारवाहीको दायरामा ल्याउन सिफारिस गरेको छ । सूर्यदर्शन सहकारी ठगीको कसुरमा पूर्वगृहमन्त्री लामिछाने र पूर्वडिआइजी जोशी विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा पुरक जाहेरी दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung