८ कार्तिक २०८३, शनिबार

 

रवि लामिछाने जुनसुकै बेला पक्राउ पर्नसक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ ।

पूर्वडिआइजी छविलाल जोशीलाई आज पक्राउ गरेर पोखरा लगिएपछि लामिछाने पक्राउ पर्ने समाचार बाहिर आएको थियो ।

लामिछानेलाई आज पक्राउ गर्ने कुनै पनि तयारी नभएको प्रहरीले जनाएको छ। रास्वपाका सभापति लामिछानेमाथि प्रहरीले विशेष निगरानी भने बढाएको छ ।

उनलाई जिल्ला अदालत पोखराबाट पक्राउ पूर्जि लिएर पक्राउ गर्ने तयारीमा प्रहरी रहेको छ ।

कुनै पनि आरोपि भाग्न सक्ने खतरा देखेमा प्रहरीले अदालतबाट अनुमति नलिइकन जरुरी पक्राउ पूर्जि दिएर नियन्त्रणमा पनि लिन सक्छ ।

कास्कीस्थित सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई सूर्य थापा नेतृत्वको सहकारी ठगी प्रकरणमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले कारवाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो ।

पक्राउ परेका पूर्वडिआइजी बन्जाडेले समितिलाई आफ्नो १५ % सेयर लामिछानेलाई दिएको बयानको आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung