बागलुङ । मुलपानी रातामाटा कृषि तथा पशुपालक सहकारी संस्था बागलुङको १२ औँ वार्षिक साधारणसभा शनिवार मुलपानीमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटनपछि बोल्दै संविधान सभा सदस्य नरबहादुर थापाले कृषि तथा पशुपालनलाई उद्देश्य बनाएका सहकारीले सदस्यको आर्थिक विकासमा सघाएको बताउनुभएको थियो ।
उहाँले कृष्कलाई सहकारी मार्फत आय आर्जनमा जोड्ने, क्षमता विकास तथा सिपमुलक तालिम दिने जस्ता कामले सदस्यलाई आत्मनिर्भर गराउन सघाउने बताउनुभयो ।
कार्यक्रममा शेयर सदस्य विन्दु शर्मा, शेयर सदस्य विष्णु सापकोटा, सहकारी संस्थाका सल्लाहकार मेघराज पाण्डे, धौलागिरी बहुमुखी क्याम्पसका प्रा. डा. सुदर्शन सिलवाल, वरिष्ठ अभिवक्ता हरि प्रसाद शर्मा लगायतले साधाराणसभामा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाले उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट अंक प्राप्त गर्ने सदस्यका परिवार लगायतलाई नगद सहित सम्मान गरिएको थियो । साधारणसभामा संस्थाको भावी रणनीतिका विषयमा संस्थाका अध्यक्ष वालकृष्ण सापकोटाले जानकारी गराउनुभएको थियो ।
साधारणसभामा वार्षिक प्रतिवेदन संस्थाका सचिव माधव प्रसाद शर्माको प्रगति प्रतिवेदन, कोषाध्यक्ष पोषकनाथ गौतमको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक राज कुमार पौडेलको लेखा प्रतिवेदन, ऋण उपसमिति संयोजक राजन सापकोटाको ऋण प्रतिवेदन तथा कृषि उपसमितिका संयोजक कृष्णबहादुर केसीले कृषि प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष वालकृष्ण सापकोटाको अध्यक्षता, उपाध्यक्ष राजन शर्माको स्वागत तथा सचिव माधव सापकोटाको सन्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाले आर्थिक वर्ष २०८०÷८१ मा दुई करोड २१ लाख ७९ हजार कारोबार गरेको संस्थाका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । संस्थामा २६४ शेयर सदस्य रहेका छन् ।




















































































































































































































