७ कार्तिक २०८३, शुक्रबार

 

दूधको पैसाले किसान धनी हुँदा गाउँको मुहार फेरियो : जिसी

बागलुङ । दूग्ध उत्पादनसँगै बजारीकरणमा नेपालकै नमूना बनेको बागलुङ दूग्ध उत्पादक सहकारी संघ बागलुङको २३ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

साधारणसभामा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीमार्फत दूग्ध किसानलाई एकिकृत गरी दूधको बजारीकरणमा सहकारीले महत्वुर्ण योगदान गरेको बताउनुभयो ।

दूग्ध सहकारी संघले बागलुङलाई दूधमा आत्मनिर्भर गराउनका लागि ठूलो सहयोग पु¥याएको बताउदै गाउँ–गाउँमा गाइभैसी पाल्ने र फर्म स्थापना गर्ने लहरै सहकारीले ल्याएको बताउनुभयो ।

उहाँले सहकारीका कारण बजारको रकम गाउँ फर्केको बताउनुभयो ।

दूधको पैसाले किसान धनी भएका छन् । यही पेशाले गाउँको मुहार पनि फेरिएको छ सञ्चालक जिसीले बताउनु भयो ।

“अहिले गाउँको रकम बजार पुगेको हुन्छ तर दुध यस्तो कृषि उपज हो जस्ले बजारको रकम गाउँ भित्राउछ” जिसीले भन्नुभयो “दूध तथा दूग्ध जन्य पदार्थको संकलन, प्रशोधन र बजारीकरणमा यो सहकारी नेपालमै नमूना हो, घाँसमा आधारित उत्पादित दुध पोषिलो र उत्पादन लागत कुम हुदाँ किसानलाई धेरै नाफा हुन्छ ।”

जिसीले सहकारीमा निराशा धेरै भएको भन्दै सकरात्मक सोचका साथ व्यवसायीक उत्पादनमा लाग्ने, गाउँ–गाउँमा फर्म स्थापना गर्ने काममा अग्रसरता हुँन आवश्यकता रहेको बताउनुभयो ।

२३ औँ साधारणसभाका अवसरमा संस्थाका सचिव गोविन्द प्रसाद सापकोटाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष केशव प्रसाद कँडेलको आर्थिक प्रतिवेदन तथा लेखा समितिका संयोजक मणिधद्र कँडेलले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका पूर्वउपाध्यक्ष तथा सल्लाहकार उमानाथ सापकोटाले संस्थाले संकलन गरेको दुध विक्री नभएर नालीमा फल्नुपर्ने अवस्थाबाट अहिलेको सफलताको अवस्थामा आउदा आफूलाई खुसी लागेको बताउनुभयो ।

कार्यक्रम संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष रामबहादुर हमालको स्वागत तथा सचिव गोविन्द प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

सहकारीले बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका १५ सहकारीमार्फत संकलन गरिएको दूधलाई सहकारी संघमार्फत संकलन, प्रशोधन र बजारीकरण गरेको छ ।

संघले आर्थिक वर्ष २०८०,८१ मा रु ९ करोड ७८ लाख ५१ हजारको दूध तथा दुग्ध जन्य पदार्थको कारोवार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung