७ कार्तिक २०८३, शुक्रबार

 

सिवाईसी साकोसमा १५ औँ समृद्धि दिवस र दशैंको शुभकामना मनाइयो

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी सस्थाले १५ औँ समृद्धि दिवस तथा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम मनाएको छ ।

बागलुङमा मुख्य कार्यालय सहित तीन जिल्लामा २५ सेवाकेन्द्र रहेको सहकारीले १५ औँ स्थापना तथा दशैं, दीपावली, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।

सहकारीले कारोबार सुरु गरेको दिनलाई समृद्धि दिवसको रुपमा मनाउदै आएको छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाका पूर्वनगरप्रमुख जनक राज पौडेल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेल, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, संस्थाका सल्लाहकारहरु होमबहादुर हमाल, बद्रि प्रसाद पौडेल, सिता शर्मा, सिवाईसि नेपालका उपाध्यक्ष लक्ष्मण खड्का र सम्मानित विद्यार्थीहरु स्मृति पन्त, सोनु थापाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कक्षा १२ र स्नातक उत्र्तीण ८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

]कार्यक्रममा सिवाईसी नेपालका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेललाई ९० हजारको कम्युटर सहयोग गर्नु भएको थियो ।

प्रहरी कार्यालयलाई सिवाईसी नेपालले कम्युटर सहयोग गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।

कार्यक्रममा सिवाइसी साकोसका अध्यक्ष पौडेलको अध्यक्षता, स्वागत उपाध्यक्ष सिता देवी सापकोटा कँडेल तथा सचिव ज्ञानेन्द्र राज पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

सहकारीको २६ हजार ७९ जना शेयर सदस्यहरु , ३९ करोड ४० लाख शेयर पुँजी, १ अर्ब ४४ करोड ६६ लाख बचत, १ अर्ब ३६ करोड ४३ लाख कर्जा प्रवाह गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज पौडेलले नयाँ विश्वलाई जानकारी दिनुभयो । सहकारीले ९४ जना युवाहरुलाई रोजगारी दिएको छ ।

२०६६ चैज्ञ २६ गते स्थापना भएको सहकारीले २०६७ असोज २२ देखि कारोबार सुरु गरेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung