७ कार्तिक २०८३, शुक्रबार

 

रविलाई पार्टी कार्यालयबाट पक्राउ गरिँदै, पार्टी कार्यालयमा कार्यकर्ताको भिड, ठूलो संख्यामा प्रहरी तैनाथ

काठमाडौं । पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली अहिले वनस्थली स्थित पार्टी कार्यालयमा जम्मा भएका छन् ।

सीआइबीका एसपी हविन्द्र बोगटीको नेतृत्वको टोलि रविलाई पक्राउ गर्न पार्टी कार्यालय गएका छन्।

लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपश्चात् केन्द्रीय कार्यालयमा नेता, कार्यकर्ता भेला हुनेक्रम जारी छ भने ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

लामिछानेलाई प्रहरीले आजै कास्की लैजाने तयारी छ । रवि र रास्वपाले स्थलमार्गबाट जाने प्रस्ताव गरेका छन् ।

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको हो ।

जिल्ला अदालतले लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung