७ कार्तिक २०८३, शुक्रबार

 

सहकारी ठगी आरोपमा पक्राउ परे पूर्वगृहमन्त्री रवि लामिछाने

बागलुङ । पोखराको सूर्य दर्शन सहकारी ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा लामिछानेसहित १४ जनालाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई अनुरोध गरेको थियो ।

लामिछानेलाई प्रहरीले आजै कास्की लैजाने तयारी गरेको छ ।

जिल्ला अदालतले लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung