७ कार्तिक २०८३, शुक्रबार

 

नयाँ विश्व बचत तथा ऋण सहकारीले मनायो लक्ष्मी पूजा

बागलुङ । नयाँ विश्व बचत तथा ऋण सहकारीमा लक्ष्मी पूजा गरिएको छ । बिहीबार बिहान नयाँ विश्व बचत तथा ऋण सहकारीका प्रबन्धक विनोद राजभण्डारीले लक्ष्मीको पूजा अर्चना गर्नु भएको थियो ।

कार्यक्रममा नयाँ विश्व बचत तथा ऋण सहकारीका कोषाध्यक्ष प्रकाश राजभण्डारी, कर्जा समितिका संयोजक सुदेशचन्द्र राजभण्डारी, कार्यसमितिका सदस्य विश्व राजभण्डारी, नेपाल परिवार नियोजन संघ बागलुङका सभापति निर्माण कुमार श्रेष्ठ, नयाँ विश्वका प्रधान सम्पादक निर्मलबहादुर श्रेष्ठ, नयाँ विश्व बचत तथा ऋण सहकारीका सेयर सदस्यहरु वेदना राजभण्डारी, सरिता राजभण्डारी, अभिषेक श्रेष्ठ र सचिन राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन नयाँ विश्व बचत तथा ऋण सहकारी सचिव मुकेशचन्द्र राजभण्डारीले गर्नु भएको थियो ।

विसं २०७८ मंसिर १ गतेदेखि अध्यक्ष सुवाशचन्द्र राजभण्डारीको अध्यक्षतामा बागलुङ नगरपालिका-३ किनारा टोल कार्यालय स्थापना गरी सेवा सुभारम्भ गरेको यस संस्थाले शेयर सदस्यहरुको हितमा विभिन्न कार्यहरु गर्दै आएको छ ।

संस्थामा हाल ८० जना शेयर सदस्यहरु छन । संस्थाको १ करोड १० लाख रुपैयाँ शेयर पुँजी पुगेको छ भने ३ जना जनशक्ति रहेका छन् ।

विसं २०७४ सालमा स्थापना भएको नयाँ विश्व अनलाइन पत्रिका संचालन गरेको व्यवसायीक समूहले विभिन्न सृजनशिल व्यवसायीक कार्य गर्ने लक्ष्यका साथ नयाँ विश्व बचत तथा ऋण सहकारी संस्था संचालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung