७ कार्तिक २०८३, शुक्रबार

 

देवकुमार नेपालीलाई कास्की ल्याइयो

कास्की ।  सहकारी ठगी मुद्दाका आरोपी ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई कास्की ल्याइएको छ ।

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए ।

नेपालीलाई आजै पोखरा ल्याइएको प्रहरीले जानकारी दिएको हो ।बचतकर्ताको ६८ करोड ठगीमा थप अनुसन्धानको लागि उनलाई पोखरा ल्याइएको हो ।

२०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो ।नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उहाँलाई नेपाल ल्याइएको थियो ।

सहकारीका बचतकर्ताको करिब दुई अर्ब बचत रकम हिनामिना गरी २०८० जेठ ५ मा उनी बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung