बागलुङ । श्री नं. २३ वाहिनी अड्डाको २० औँ वार्षिकोत्सव सप्ताहको उपलक्ष्यमा बागलुङ नगरपालिका-४ उपल्लाचौरस्थित श्री बागलुङ विशेष वाल कक्षा विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ ।
श्री नं. २३ वाहिनी अड्डाका वाहिणीपति जगतबहादुर पौडेलले श्री बागलुङ विशेष वाल कक्षा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठलाई खाद्यान्न हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा श्री नं. २३ वाहिनी अड्डाका वाहिणीपति जगतबहादुर पौडेल, कर्णल शिवहरि केसी, मेजर सन्तोष पाण्डे, प्रमुख सुवेदार नन्दराम पाण्डे, शिक्षक अभिभावक संघ बागलुङ अध्यक्ष चन्द्रमणि सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक युक्त जंग राजभण्डारी स्वागत र मेजर श्यामबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।
श्री बागलुङ विशेष वाल कक्षा विद्यालय विसं २०४३ मा कालिका गाउँ पञ्चायतका तत्कालिन प्रधानपंच बलराम हमालको नेतृत्वमा स्थापना गरिएको थियो ।
श्री नं २३ वाहिनी अड्डाको २० औँ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम अन्तर्गत २६ गते रन फर फन, २७ गते खेलकुद प्रतियोगिता, २९ गते सरसफाई तथा खाद्यान्न वितरण, ३० गते बागलुङ कालिका भगवती मन्दिरको सरफाई कार्यक्रम सम्पन्न भएको छ भने मंसिर १ गते पूजाको कार्यक्रम रहेको छ ।














































































































































































































