७ कार्तिक २०८३, शुक्रबार

 

महिला हित सहकारीद्वारा कन्या गुरुकुलका विद्यार्थीलाई न्यानो कपडा वितरण

बागलुङ । महिला हित वचत तथा ऋण सहकारी संस्थाले २३ औँ स्थापना दिवसको उपलक्ष्यमा पञ्चकोटस्थित जय नारायण कौशल्या संस्कृत कन्या गुरुकुलमका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

शुक्रबार जय नारायण कौशल्या संस्कृत कन्या गुरुकुलमका जिल्ला अध्यक्ष तथा महिला हित वचत तथा ऋण सहकारीकी अध्यक्ष लिला देवी खड्काले १४ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

कार्यक्रममा जय नारायण कौशल्या संस्कृत कन्या गुरुकुलमका जिल्ला अध्यक्ष तथा महिला हित सहकारीकी अध्यक्ष  खड्का, स्थानीय अध्यक्ष देवी क्षेत्रीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम जय नारायण कौशल्या संस्कृत कन्या गुरुकुलमका जिल्ला अध्यक्ष तथा महिला हित सहकारीकी अध्यक्ष लिला देवी खड्काको अध्यक्षता तथा सहकारीका सचिव सावित्री केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

स्थापना दिवसको अवसरमा सहकारीले विहीबार पाँच जना असक्त सेयर सदस्यसँग भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।

स्थापना दिवसको उपलक्ष्यमा सेयर सदस्य, कार्यसमिति र कर्मचारीहरुकोबिचमा म्युजिकल चियर प्रतियोगिता आयोजना गरिएको थियो । सहकारीले शनिबार २१ जना जेष्ठ सेयर सदस्यहरुलाई पेन्सन वितरण गर्नुको साथै साँझ सहकारीको कार्यालयमा दिप प्रज्ज्वल गरिएको थियो ।

२०५२ सालमा महिला हित संरक्षण समूहबाट सुरु भएको संस्था २०५८ सालमा महिला हित बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता भएको थियो ।२५ जना महिलाको २ हजार ५ सय रुपैयाँ सेयर पुँजीबाट सुरु भएको थियो । सहकारीले सात जना महिलाहरुलाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung