८ कार्तिक २०८३, शनिबार

 

शिक्षक हित बचत तथा ऋण सहकारीको १३ औँ साधारण सभा सम्पन्न

बागलुङ । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणा सभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

साधारण सभामा बाल्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले शिक्षकहरू एकताबद्ध भएर सहकारी मार्फत आर्थिक विकासमा जोडिनु राम्रो भएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिव होमनाथ गौतमद्वारा प्रगति प्रतिवेदन, कोषाध्यक्ष भुमिराज गौतमको आर्थिक प्रतिवेदन तथा लेखा तथा सुपरीवेक्षक सदस्य गोविन्द कार्कीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको भियो ।

कार्यक्रममा मुलपानी माध्यामिक विद्यालयकाका प्रधानाध्यापक सुभाश कँडेल, शिक्षक तारानाथ विक, संस्थाका सल्लाहकार डिल्लिराज गौतम, नेपाल राष्टिय« शिक्षक संगठनका केन्द्रिय सदस्य गोविन्द भण्डारी, दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार डिल्लिराज गौतम र सल्लाहकार तथा मालिका माविका प्रधानाध्यापक वालकृष्ण सापकोटालाई साधारण सभामा सम्मान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने गुहेली सञ्चार सहकारी र तित्याङ माध्यामिक विद्यालयलाई सम्मान गरिएको थियो । संस्थामा हाल ४९६ शेयर सदस्य, शेयर पुँजी ९९ लाख, ९९ हजार, एक करोड २४ लाख निक्षेप संकलन रहेको संस्थाका अध्यक्ष दिनेश अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रम संस्थाका अध्यक्ष दिनेश अधिकारीको अध्यक्षता, उपाध्यक्ष महेन्द्रबहादुर कार्कीको स्वागत मन्तव्य तथा सचिव होमनाथ गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

उत्कृष्ट कारोबारमा कमला थापा मगर, उत्कृष्ट कर्मचारीका रुपमा धनबहादुर पुन, स्थायी शिक्षक हुनुभएको शिवबहादुर भण्डारी, कुलदिप क्षत्री, पुष्पा थापा, यशोदा गैरे, हरि प्रसाद शर्मा र शिव प्रसाद शर्मालाई सम्मान गरिएको संस्थाका प्रबन्धक तिलक खड्काले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung