बागलुङ । शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १७ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, सहकारीका सल्लाहकार सुरेन्द्र जंङ्ग राजभण्डारी, शेयर सदस्य युक्त जंङ्ग राजभण्डारी, राजेश श्रेष्ठ र कार्यसमिति सदस्य मनमाया श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सहकारीले आर्थिक वर्ष २०८० र ०८१ मा गरेको प्रगति प्रतिवेदन सहकारीका सचिव हिमालय प्रकाश श्रेष्ठ ,आर्थिक प्रतिवेदन कोषाध्यक्ष रघुराम भारी र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक दीपक ज्योती श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।
साधारण सभामा उत्कृष्ठ वचतकर्ता अजय प्रसाद श्रेष्ठलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।त्यस्तै जेष्ठ शेयर सदस्य दिपक ज्योति श्रेष्ठ, राममैया श्रेष्ठ, मनमाया श्रेष्ठलाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
कार्यक्रम शुभलाभ बचत तथा ऋण सहकारीका अध्यक्ष इश्वर मलेपतीको अध्यक्षतामा, उपाध्यक्ष दुर्वल काजी राजभण्डारीको स्वागत र सचिव हिमालय प्रकाश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
२०६४ सालमा २७ जना सेयर सदस्यहरुको सक्रियतामा स्थापना भएको सहकारीमा हाल १४८ जना शेयर सदस्यको १ करोड ३७ लाख शेयर पुँजी रहेको छ । सहकारीले चार जना युवाहरुलाई रोजगारी पनि दिएको छ ।








































































































































































































