५ कार्तिक २०८३, बुधबार

 

माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीको २५ औँ साधारण सभा सम्पन्न

काठमाडौं । दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी भन्ने नाराका साथ माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीको २५ औँ वार्षिक साधारण सभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्वमन्त्री डा रामचन्द्र अधिकारी, शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा, नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदी, बैकर्स तथा सहकारी विज्ञ योगेश्वर ढकाल , वीपी चिन्तन प्रतिष्ठान सहअध्यक्ष पुष्पराज पराजुली , डिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सिताराम केसी , गुठी संस्थानका अध्यक्ष डा शिव राज पण्डित र माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीका अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

आर्थिक बजार सुस्थ भएको बेला र सहकारीहरुमा विभिन्न प्रकारको समस्या आएको बेला माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीले आफ्ना शेयर सदस्यहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्न सक्नु र सबै सूचकाङ्क राम्रो हुनु सुखद परिस्थिति भएको वक्ताहरुले बताउनुभयो ।

साधारण सभामा अध्यक्ष गोविन्दप्रसाद शर्माले संस्थाको वार्षिक प्रतिवेदन, सचिव एकनारायण उपाध्यायले आर्थिक वर्ष २०८१ र ०८२ को प्रस्तावित कार्यक्रम र लेखा सुपरीवेक्षण समिति संयोजक युद्धविलास न्यौपानेले संस्थाको लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई पुरस्कृत गरिएको थियो ।

साथै सहकारीका वरिष्ठ प्रबन्धक रामचन्द्र पौडेल , सहलेखा अधिकृत अञ्जु गौतम , कर्मचारीहरु कल्पना केसी र लोक कुमारी थापालाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

सहकारीको कुल शेयर पुँजी ३ करोड २ लाख, कुल निक्षेप ३८ करोड र कर्जा लगानी २३ करोड र जगेडा कोषमा ७७ लाख ४० कर्जा जोखिम कोषमा ४० लाख ५१ हजार , तरलता १३ करोड ४५ लाख र ४२ करोडको वासलात रहेको छ ।

कार्यक्रममा धौलागिरि समाज नेपालका अध्यक्ष केदार नाथ गौतम , सल्लाहकार चिफ ईन्जिनियर मोती कुँवर , पूर्वन्यायाधीश कोमलनाथ घिमिरे , सहप्राध्यापक शारदा कुवर , पूर्वसिडिओ विष्णुनाथ शर्मा , लिको हिमालको प्रबन्धक निर्देशक लेखनाथ पौडेल , पूर्वप्रशासक प्रेम सुवेदी , पूर्वप्रधानाध्यापक ईश्वरी ढकाल , अधिवक्ता नारायण आचार्य , डिपश्री सहकारीको अध्यक्ष सरोज कुमार श्रेष्ठ , ग्लोबल आईएमई बैंकका प्रबन्धक चमत्कार पौडेल , लक्ष्मी सनराईज बैंक बनस्थलीका प्रबन्धक अनुजा पौडेल , आईएमई सिएसएलका लेखा प्रमुख राम प्रसाद पौडेल , समर्पण वस्ती टोल सुधारको अध्यक्ष टुकनाथ ढकाल , राधाकृष्ण मन्दिरका अध्यक्ष पद्मनाथ सापकोटा , धौलागिरी समाज नेपाल उपाध्यक्ष शक्ति लाल ज्वारचन , विश्व हिन्दु महासंघको महासचिव रामचन्द्र तिवारी , समाजसेवी गोपालप्रसाद रिमाल, वन देवी संरक्षण समितिको अध्यक्ष मृगेन्द्र भुर्तेल, समाजसेवी कर्ण शाहीको उपस्थिति रहेको थियो ।

कार्यक्रम अध्यक्ष गोविन्दप्रसाद शर्माको अध्यक्षता, सञ्चालक समितिका सदस्य भक्तराज भुसालको स्वागत र सचिव एकनारायण उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो।

विसं २०५६ सालमा २५ जना शेयर सदस्यहरुको पहलमा स्थापना भएको थियो । हाल यस सहकारीको कुल शेयर सदस्यहरु ६०३ पुगेको छ भने शेयर पुँजी तीन करोड दुई लाख पुगेको छ । यस सहकारीले जनालाई ११ जनालाई रोजगारी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung