६ कार्तिक २०८३, बिहीबार

 

बागलुङ नगरपालिकाले ल्यायो बसपार्क सञ्चालन ऐन

बागलुङ । बागलुङ नगरपालिकाको सोहौँ नगरसभाले २०८१ को आर्थिक ऐन संंशोधन प्रस्ताव तथा बसपार्क सञ्चालन ऐन पारित गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरसभामा नीति कार्यक्रमको प्रस्तुती राख्दै नगरप्रमुख श्रेष्ठले बागलुङ नगरपालिकालाई बालमैत्री घोषणा गर्ने, आर्थिक अनुशासनन कायम गर्ने र फोहोर व्यवस्थापन गर्ने अभियान रहेको बताउनुभयो ।

उहाँले सबै वडाहरु बालमत्रै घोषणा भईसकेको र नगरपालिका पनि छिट्टै घोषणा हुने बताउनुभयो ।

उहाँले बालमैत्री नगरपालिकामा चिल्ड्रेन पार्क बनाउनका लागि ग्लोबल आईएमई बैंकसंग सम्झैता भएको समेत उल्लेख गर्नुभयो ।

हाँले बसपार्कलाई व्यवस्थित सञ्चालन गराउन ऐन ल्याएको बताउनुभयो ।

नगरकी छोरी कार्यक्रम अन्तर्गत १९२ छोरीको मुद्धती खाता सञ्चालन गरिएको, कुकुर आवास कार्यक्रमको सम्झौता अन्तिम चरणमा पुगेको, नगरप्रमुख स्वरोजगार कार्यक्रम अन्तर्गत ३६ जनाले उद्यम सुरु गरेको, बागलुङ बजारका गल्लीहरुलाई नम्बरिङ गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

नगरसभामा बागलुङ नगरपालिकाको वित्तीय प्रगति २५ प्रतिशत भएको छ । बिहीबार नगर उपप्रमुख राजु खड्काले सोह्रौँ नगरसभामा प्रस्तुत गरेको आयव्यव विवरणमा चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकाले कुल बजेटको २५.०१ प्रतिशत वित्तीय प्रगति प्राप्त भएको उल्लेख गगर्नुभएको छ ।

चालु आर्थिक वर्षमा एक अर्व ६४ करोड ५८ लाख चार हजार तीन सय ५७ रुपैयाँ बजेट अनुमान गरिएकोमा पौष महिनाको २३ गतेसम्म ४१ करोड १६ लाख ३७ हजार ९ सय ४५ रुपैयाँ ५५ पैसा खर्च भएको खड्काले बताउनुभयो ।

चालु आर्थिक वर्षको कुल अनुमानित बजेटमध्ये हालसम्म संघीय सरकारबाट ६७ करोड ६२ लाख ९५ हजार ८० रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट एक करोड ६३ लाख ३८ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५ करोड ११ लाख ८ हजार एक सय १३ रुपैयाँ, आन्तरिक स्रोत बैंक मौज्दात समेत गरी कुल ५ करोड ४० लाख ४९ हजार ५ सय ५० रुपैयाँ गरी जम्मा ७९ करोड ७७ लाख ९० हजार ७ सय ४३ रुपैयाँ अर्थात कुल अनुमानको ४८.४७ यथार्थ राजस्व संकलन तथा अनुदान प्राप्त भएको उनले उल्लेख गरेका छन् ।

यस आर्थिक वर्षमा चालु खर्चतर्फ २७।१९ प्रतिशत, पुँजीगततर्फ २२।२४ प्रतिशत र वित्तीय व्यवस्था अन्तर्गत ५७।४७ प्रशित खर्च भएको छ ।

चालु खर्च शिर्षकमा ८५ करोड र ९३ लाख ५८ हजार ९ सय १८ रुपैयाँ विनीयोजन स्वीकृत भएकोमा हालसम्म २३ करोड ३६ लाख ३१ हजार पाँच सय ८३ रुपैयाँ ५५ पैसा खर्च भएको हो ।

पुँजीगत शिर्षकमा ७७ करोड ७७ लाख ४५ हजार चार सय ३९ रुपैयाँ विनीयाजन स्वीकृत भएकोमा हालसम्म १८ करोड ३० लाख ६ हजार तीन सय ६२ रुपैयाँ खर्च भएको छ ।

वित्तीय व्यवस्था अन्तर्गत ८७ लाख रुपैयाँ विनियोजन स्वीकृत भएकोमा ५० लाख रुपैयाँ खर्च भएको खड्काले जनाएका छन् ।

सुत्केरी भत्ता, शिक्षकको व्यवस्था गरी पठन पाठन अवरुद्ध नहुनेगरी व्यवस्था मिलाईएको, सिगानाको सुन्तलाको बजारीकरणका लागि प्याकेजिङ कार्टुनको व्यवस्था गरिएको, नेपाल शहरी शासकीय तथा पूर्वाधार विकास परियोजना अन्तर्गत बानपा—७ मूलपानी, ढिकीचौर, कालीमाटी तितौरे सडक, वडा नम्बर ४ को उपल्लाचौर वडारचौरडिलबाट ढोडेनी फोर्से सडक, वडा नम्बर १ माझीबस्तीदखि निरयघाटसम्मको सडक ४० प्रतिशत निर्माण पूरा भएको र यसै आर्थिक वर्षमा सम्पन्न हुने नगरसभामा जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung