५ कार्तिक २०८३, बुधबार

 

धवलागिरि बचत तथा ऋण सहकारीको २५ औँ साधारण सभा सम्पन्न

काठमाडौं । धवलागिरि बचत तथा ऋण सहकारीले २५ औँ साधारण सभा धवलागिरि बचत तथा ऋण सहकारीका पूर्वअध्यक्ष श्रवणलाल शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष महेन्द्र मान शाक्यले आर्थिक वर्ष २०८० र ८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा धवलागिरि बचत तथा ऋण सहकारीका पूर्वअध्यक्ष श्रवणलाल शाक्य र पूर्वगर्भनर तथा सहकारीका सल्लाहकार दिपेन्द्रबहादुर क्षेत्रीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारण सभाले अध्यक्ष शाक्यको प्रतिवेदन, लेखा सुपरीवेक्षण समिति र लेखा परीक्षकको प्रतिवेदन पारित गरेकोे थियो ।

कार्यक्रम धवलागिरि वचत तथा ऋण सहकारीका अध्यक्ष महेन्द्र मान शाक्यको अध्यक्षता, सदस्य बाल कुमार शाक्यको स्वागत र सचिव शरद प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।

२०५६ माघ ३ गते २८ जना संस्थापन सेयर सदस्यहरुको सहभागितामा धवलागिरि बचत तथा ऋण सहकारी दर्ता भएको थियो ।

काठमाडौं महानगरपालिका-११, सुन्धारा, दहमार्गमा कार्यालय रहेको सहकारीको संस्थापक अध्यक्ष शत्रुध्न श्रेष्ठले प्रारम्भिक समयमा नेतृत्व गर्नु भएको थियो ।

बागलुङ जन्मघर भइ काठमाडौंमा बसोबास गर्दै आएका बागलुङबासी मिलेर स्थापना गरेको सहकारी मूलतः बागलुङवासीहरुकै लगानीमा सञ्चालित छ ।

संस्थामा हाल ६ सय ८५ जना सेयर सदस्य रहेका छन् भने ३ करोड रुपैयाँ शेयर पुँजी पुगेको छ भने सहकारीले ६ जना युवाहरुलाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung