६ कार्तिक २०८३, बिहीबार

 

नयाँ विश्व बचत तथा ऋण सहकारीको तेस्रो साधारण सभा सम्पन्न

बागलुङ । नयाँ विश्व बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले सहकारी स्वायत्त संस्था भएकाले बचत तथा ऋणसँगै समुदायलाई जोडेर उद्यमी गर्न र रोजगारी सृजना गर्नु अहिलेको मुख्य आवश्यक रहेको बताउनुभयो ।

सहकारीलाई नियम र कानुनको परिधिमा रहेर सञ्चालन गर्न र सही ढंगले चलेको नगरका सहकारीहरुमा समस्या नभएको कँडेलले बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका पूर्वनगर प्रमुख जनकराज पौडेल, नेपाल परिवार नियोजन संघका केन्द्रिय कोषाध्यक्ष निर्माण कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा  ‘अविरल’ ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट बाल बचत, उत्कृष्ट मुद्दती बचत , उत्कृष्ट बचत, उत्कृष्ट कारोबार, उत्कृष्ट कर्जा, उत्कृष्ट जोडी, शेयरवृर्दि र जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघका नवनिर्वाचित केन्द्रीय कोषाध्यक्ष निर्माण कुमार श्रेष्ठ, नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य मनकाजि विश्वकर्मा, नेपाल भाषा मंका खलका नवनिर्वाचित उपाध्यक्ष विदेश कुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिका नवनिर्वाचित अध्यक्ष निर्मलबहादुर श्रेष्ठ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नगर समितिका नवनिर्वाचित अध्यक्ष हेमलाल पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित अध्यक्ष रामबहादुर थापा अविरल, नवनिर्वाचित सचिव नारायण रिजाल, नवनिर्वाचित कोषाध्यक्ष सुवाश गौतम, नवनिर्वाचित सहसचिव डम्बर बुढा मगर र नवनिर्वाचित सदस्य प्रदिप पन्तलाई सम्मान गरिएको थियो ।

साधारणा सभामा सचिव मुकेशचन्द्र राजभण्डारीको प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रकाश राजभण्डारीको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक विश्व राजभण्डारीको लेखा समितिको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो ।

कार्यक्रम नयाँ विश्व बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुभाषचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष अर्जुन चोखालको स्वागत तथा सचिव मुकेशचन्द्र राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

विसं २०७७ असोज १० गते  २७ जना शेयर सदस्यहरुबाट शुरू भएको सहकारीमा हाल ८४ शेयर सदस्य रहेका र शेयर पुँजी ३९ लाख २५ हजार पुगेको छ ।  सहकारीले तीन जनालाई रोजगारी पनि दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung