५ कार्तिक २०८३, बुधबार

 

रूपन्देही अदालतमा उपस्थित हुँदै रवि लामिछाने

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।

सुप्रिम सहकारीको बचत रकम गैरकानुनी तवरबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा लगिएको भन्दै आइतबार लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि उहाँ अदालतमा उपस्थित हुन लागेका हुन् ।

त्यसका लागि लामिछाने हिजै काठमाडौंबाट भैरहवा पुगेका छन् । लामिछाने भैरहवाको देवकोटा चोकस्थित एक होटलमा बसेको र रविसँगै निकिता पनि रुपन्देही पुगेका छन् ।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ ।

लामिछाने यसअघि कास्की पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung